महान्यायाधिवक्त्ताको योग्यता जाँच्न सर्वोच्चले झिकायो ‘ट्राभल हिस्ट्री’

जस नेपाल

१७ असार २०८३

महान्यायाधिवक्त्ताको योग्यता जाँच्न सर्वोच्चले झिकायो ‘ट्राभल हिस्ट्री’

काठमाडौँ । सर्वोच्च अदालतले महाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिविरुद्ध परेको रिटमा उनको विदेश आवतजावत विवरण (‘ट्राभल हिस्ट्री’ ) झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले साेमबार अन्तरिम आदेश दिन अस्वीकार गरे पनि डा. कँडेलको योग्यतासँग सम्बन्धित विषयको परीक्षणका लागि अध्यागमन विभागबाट सन् २०१५ देखि २०२४ सम्मको ‘ट्राभल हिस्ट्री’ माग गरेको हो ।

अधिवक्ताहरू शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीलगायतले दायर गरेको रिटमा डा. कँडेलको महाधिवक्तामा नियुक्ति कानूनसम्मत नभएको दाबी गरिएको छ। सोही दाबीको आधारमा अदालतले नेपाल सरकारको नियुक्तिसम्बन्धी निर्णयको फाइलसमेत झिकाउन आदेश दिएको छ ।

महाधिवक्ताको संवैधानिक योग्यता र नियुक्तिका आधारबारे विवाद उठेपछि सर्वोच्चले उनको विदेश आवतजावतको अभिलेख मागेको देखिन्छ। ट्राभल हिस्ट्रीबाट कँडेलको बसोबास, पेशागत संलग्नता तथा संवैधानिक योग्यतासम्बन्धी दाबीको परीक्षण गर्न अदालतले आवश्यक ठानेको कानून व्यवसायीहरूको भनाइ छ ।

यद्यपि, सर्वोच्चले हाललाई अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै रिटको पूर्ण सुनुवाइबाट विषयको टुंगो लगाउनु पर्ने देखिएकाे आदेशमा उल्लेख गरेकाे छ ।

हेर्नुहाेस् आदेश :

 

सम्बन्धित खवर

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । पोखरा क्षेत्रीय विमानस्थल घोटाला प्रकरणमा काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग...

प्रतिनिधिसभामा तीन वटा विधेयक  प्रस्तुत

प्रतिनिधिसभामा तीन वटा विधेयक प्रस्तुत

काठमाडाैँ । सरकारले प्रतिनिधिसभाको बैठकमा तीन वटा विधेयक प्रस्तुत गरेको छ । सिंहदरबारमा सोमबार...

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पत्रकारिताका माध्यमबाट मातृभाषाहरूको संरक्षण र...

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतलगायत देशभरका अदालतमा भएको...