घुस लिने र दिने दुवैलाई एक–एक महिना कैद गर्न विशेष अदालतको आदेश

जस नेपाल

१७ असार २०८३

घुस लिने र दिने दुवैलाई एक–एक महिना कैद गर्न विशेष अदालतको आदेश

काठमाडौँ । विशेष अदालत काठमाडाैँले सेवा उपलब्ध गराएबापत घुस लिएको ठहर गर्दै वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालसहित चार जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले दाहाल, राजेश श्रेष्ठ, प्रह्लाद गौतम र विलव पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुरदार ठहर गरेको हो ।

अदालतले अनुसन्धानका क्रममा दाहालले कसुर स्वीकार गरेको बयान, अन्य प्रतिवादीहरूको बयान, घटनास्थलमा खिचिएका श्रव्यदृश्य सामग्री तथा बरामद प्रमाणहरूको आधारमा दाहालले आफूले प्रदान गरेको सेवावापत गैरकानूनी रूपमा ९३ हजार ८५० रुपैयाँ घुस लिएको तथ्य पुष्टि भएको निष्कर्ष निकालेको छ ।

फैसलाअनुसार राजेश श्रेष्ठ, प्रह्लाद गौतम र विलव पोखरेलले समेत उक्त रकम घुसस्वरूप दिएको तथ्य आफ्नो बयानबाट स्वीकार गरेका थिए ।

विशेष अदालतले चारै जनालाई भ्रष्टाचार निवारण ऐनको दफा ३ (१) (क) बमोजिम दोषी ठहर गर्दै जनही २३ हजार ४६२ रुपैयाँ ५० पैसा बिगो कायम गरेको छ । साथै सोही दफाअनुसार प्रत्येकलाई एक महिना कैद र बिगो बराबर थप २३ हजार ४६२ रुपैयाँ ५० पैसा जरिवानाको सजाय सुनाएको छ ।

फैसला हेर्नुहाेस् :

सम्बन्धित खवर

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । पोखरा क्षेत्रीय विमानस्थल घोटाला प्रकरणमा काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग...

प्रतिनिधिसभामा तीन वटा विधेयक  प्रस्तुत

प्रतिनिधिसभामा तीन वटा विधेयक प्रस्तुत

काठमाडाैँ । सरकारले प्रतिनिधिसभाको बैठकमा तीन वटा विधेयक प्रस्तुत गरेको छ । सिंहदरबारमा सोमबार...

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पत्रकारिताका माध्यमबाट मातृभाषाहरूको संरक्षण र...

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतलगायत देशभरका अदालतमा भएको...