बैंक जमानत हिनामिना गरेकाे भन्दै गाउँपालिका कर्मचारी र कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध आरोपपत्र दायर

जस नेपाल

१७ असार २०८३

बैंक जमानत हिनामिना गरेकाे भन्दै गाउँपालिका कर्मचारी र कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको पलापु लिफ्ट खानेपानी योजनामा भएको १८ लाख ५० हजार रुपैयाँको बैंक जमानत हिनामिनामा संलग्न रहेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र निर्माण कम्पनी शिरिस कन्स्ट्रक्सन र कन्स्ट्रक्सनका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगकाअनुसार, आर्थिक वर्ष २०७७/७८ मा वडा नं. १ र २ को पलापु क्रमागत खानेपानी योजनाका लागि शिरिस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य समयमै सम्पन्न नभएपछि गाउँपालिकाको कार्यपालिका बैठकले ठेक्का रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । 

तर, सुवेदी र निर्माण कम्पनीबीच मिलेमतोमा उक्त निर्णयलाई लुकाएर बैंक जमानतको म्याद सकिन दिइयो । जमानत जफत गर्नुपर्नेमा ढिलासुस्ती गरी म्याद गुजारेपछि मात्र पत्राचार गरिएको आयोगको अनुसन्धानले देखाएको छ।

यो मिलेमतोका कारण सार्वजनिक रकम हिनामिना भएको, जमानत असुल उपर हुन नसकेको र राज्यलाई हानि नोक्सानी पुर्‍याइएको आयोगले जनाएको छ। आरोपपत्रमा दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विगो कायम गरी कैद र जरिवाना माग दाबी गरिएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगरी बैंक जमानतको म्याद सकिएको योजनाबद्ध रूपमा काम गरिएको पुष्टि भएको छ । 

प्रेस विज्ञप्ति :

सम्बन्धित खवर

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश शर्मा

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश शर्मा

दमौली (तनहुँ) । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका...

‘हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधान न्यायाधीश होइनन्’

‘हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधान न्यायाधीश होइनन्’

काठमाडौँ । नेपालको पहिलो प्रधान न्यायाधीश को हो ? कानूनका विद्यार्थीबाट तुरुन्तै जवाफ आउँछ-...

चिनियाँ कम्पनीको मुद्दामा सर्वोच्चको आदेश : एक पालिकाबाट अर्कोमा निर्माण सामग्री ढुवानी गर्दा कर नलिनू (पूर्णपाठसहित)

चिनियाँ कम्पनीको मुद्दामा सर्वोच्चको आदेश : एक पालिकाबाट अर्कोमा निर्माण सामग्री ढुवानी गर्दा कर नलिनू (पूर्णपाठसहित)

काठमाडौँ । सर्वोच्च अदालतले मुग्लिङ-पोखरा सडक स्तरोन्नति आयोजनामा संलग्न चिनियाँ निर्माण कम्पनीबाट शुक्लागण्डकी नगरपालिकाले...

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवाले दायर गरे सर्वोच्चमा रिट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवाले दायर गरे सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन...