गाली बेइज्जती कसुरमा पत्रकार भण्डारी पक्राउ

जस नेपाल

१८ असार २०८३

गाली बेइज्जती कसुरमा पत्रकार भण्डारी पक्राउ

कञ्चनपुर । कञ्चनपुरका स्थानीय पत्रकार खेम भण्डारी पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार भीमदत्त नगरपालिका–१८, पुष्पलाल चोकबाट ५० वर्षीय भण्डारीलाई गाली बेइज्जती कसुरमा पक्राउ गरेको हो

उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको २०८२ चैत २२ गतेको फैसलाले भण्डारीलाई गाली बेइज्जती कसुरमा १ महिना ७ दिन कैद, रु १२ हजार १०० जरिवाना तथा पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

उनीलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको बताए ।

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...