मापदण्ड नबनेसम्म अदालतको लाइभ प्रसारण नगर्न सर्वोच्चको अन्तरिम आदेश

जस नेपाल

१३ साउन २०८३

मापदण्ड नबनेसम्म अदालतको लाइभ प्रसारण नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । अदालतका सुनुवाइमा पारदर्शिताको नाममा बिना मापदण्ड हुने प्रत्यक्ष प्रसारणले पक्ष, अधिवक्ता र न्यायपालिकाप्रति नै नकारात्मक धारणा बन्न सक्ने भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतको संयुक्त इजलासमा न्यायाधीशद्वय  विनोद शर्मा र शान्तिसिंह थापाले बुधबार अधिवक्ता जीवन कुमार शाहीसमेतको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

मुद्दा नं. ०८२-WO-१६४९ मा निवेदकले विशेष अदालत काठमाडौं र उच्च अदालत जनकपुरलगायतले नियामक संरचनाबिना लाइभ स्ट्रिमिङ गरेको कारण जनमानसमा द्विविधा र पूर्वाग्रह सिर्जना भएको दाबी गर्दै अन्तरिम आदेश माग गरेका थिए ।

इजलासले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम नीति, निर्देशिका वा मापदण्ड तयार भई लागू नहुँदासम्म निम्न विषय/मुद्दाको सुनुवाइ प्रत्यक्ष प्रसारण नगर्न/नगराउन आदेश दिएको छ :

  • प्रचलित नेपाल कानूनअनुसार गोपनीयता कायम गर्नुपर्ने विषय/मुद्दा  ।
  •  बन्द इजलासबाट सुनुवाइ गर्नुपर्ने विषय/मुद्दा  ।
  •  मुद्दाका पक्ष, विपक्ष वा तिनका कानून व्यवसायीले गोपनीयता कायम गर्न र प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेको विषय/मुद्दा  ।
  •  अदालत/इजलासले नै प्रत्यक्ष प्रसारण उपयुक्त नरहेको भनी  ठहर्याएका विषय/मुद्दा  ।

यसैगरी, प्रत्यक्ष प्रसारण गरिएका कामकारबाहीलाई अनुचित रूपमा सम्पादन, तोडमोड वा दिग्भ्रमित पार्ने गरी बनाइएका भिडियो क्लिपसमेत प्रसारण नगर्न/नगराउन र यस्ता सामग्री प्रसारण/प्रकाशन भइसकेका भए रोक्न सम्बन्धित निकायलाई लेखी पठाउन मुख्य रजिष्ट्रारमार्फत निर्देशन दिएको छ ।

यसैसाता भारतको सर्वोच्च अदालतले पनि अदालती कारवाहीको भिडियो क्लिप काटेर प्रसारण नगर्न अन्तरिम आदेश दिएको थियो ।

हेर्नुहोस् भारतीय अदालतको आदेशसम्बन्धी समाचार–

‘अदालतहरू २४ घण्टे मनोरञ्जन च्यानल होइनन्’

बुधबार नेपालको सर्वोच्च अदालतले  पनि लाइभ स्ट्रिमिङसम्बन्धी नीति/निर्देशिका बनाउने गृहकार्य भइरहेको उल्लेख गर्दै उक्त मापदण्ड लागू नहुँदासम्म माथिका शर्तहरू पालना गर्न भनेको छ ।

हेर्नुहोस् नेपालको सर्वोच्च अदालतको आदेश –

 

 

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...