उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी

जस नेपाल

१४ साउन २०८३

उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी

वीरगञ्ज । उच्च अदालत वीरगञ्जका २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी छ ।

आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका मुद्दामध्ये दुई हजार ३७८ मुद्दा फछ्र्योट हुन बाँकी रहेको हो । दर्ता भएका तथा जिम्मेवारी सरेका समेत कूल आठ हजार २२४ मुद्दा उच्च अदालत वीरगञ्जमा दर्ता भएका थिए । जसमध्ये आव २०८२/०८३ मा पाँच हजार ८४६ मुद्दा फछ्र्योट भएका छन् ।

उच्च अदालत वीरगञ्जले आज पत्रकार सम्मेलनको आयोजना गरी आव २०८२/०८३ मा ७१ दशमलव शून्य आठ प्रतिशत मुद्दा फछ्र्योट भएको जनाएको छ ।

आव २०८०/०८१ मा आठ हजार मुद्दामध्ये चार हजार ५२८, आव २०८१/०८२ मा कुल ८ हजार ३२९ मुद्दामध्ये चार हजार ७३५ थान मुद्दा फछ्र्योट गरिएको थियो ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगीले आर्थिक वर्ष २०८२/०८३ मा फैसला हुन बाँकी रहेका मुद्दामध्ये छ महिनाभित्रका ९८७, एक वर्षभित्रका ६६९, बाह्रदेखि १८ महिनासम्मका २८२ तथा १८ महिना नाघेका २१ मुद्दा रहेको जानकारी दिनुभयो ।

सम्बन्धित खवर

मापदण्ड नबनेसम्म अदालतको लाइभ प्रसारण नगर्न सर्वोच्चको अन्तरिम आदेश

मापदण्ड नबनेसम्म अदालतको लाइभ प्रसारण नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । अदालतका सुनुवाइमा पारदर्शिताको नाममा बिना मापदण्ड हुने प्रत्यक्ष प्रसारणले पक्ष, अधिवक्ता र...

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की, आयुक्तहरूमा गुरु वाग्ले र...

इन्जिनियर श्रीमानले भ्रष्टाचार गर्दा श्रीमतीलाई पनि मुद्दा

इन्जिनियर श्रीमानले भ्रष्टाचार गर्दा श्रीमतीलाई पनि मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी...

चिकित्सकमाथि कुटपिटपछि देशभर स्वास्थ्य सेवा ठप्प, मानव अधिकार आयोगले भन्यो- अत्यावश्यक सेवा सुचारु गर

चिकित्सकमाथि कुटपिटपछि देशभर स्वास्थ्य सेवा ठप्प, मानव अधिकार आयोगले भन्यो- अत्यावश्यक सेवा सुचारु गर

काठमाडौँ  । नारायणी अस्पताल वीरगञ्जका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट र अस्पताल तोडफोडको...