कानून आयोगको भूमिका कमजोर पार्ने संशोधन स्वीकार्य छैन : नेपाल बार एशाेसिएशन

जस नेपाल

१४ साउन २०८३

कानून आयोगको भूमिका कमजोर पार्ने संशोधन स्वीकार्य छैन : नेपाल बार एशाेसिएशन

काठमाडौं । नेपाल बार एशाेसिएशनले नेपाल कानून आयोग ऐन, २०६३ संशोधनका लागि प्रस्तावित विधेयकप्रति गम्भीर असहमति जनाउँदै आयोगको भूमिका कमजोर बनाउने प्रावधान तत्काल सच्याउन सरकारसँग माग गरेको छ ।

बारको केन्द्रीय कार्यसमिति र सल्लाहकारहरूको संयुक्त बैठकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रस्तावित संशोधनले नेपाल कानून आयोगको स्वतन्त्रता, स्वायत्तता तथा कानून तर्जुमामा रहेको यसको प्रमुख भूमिकालाई कमजोर बनाउने उल्लेख गरिएको छ । साथै कानून निर्माण प्रक्रियामा नेपाल बार एशाेसिएशनको संस्थागत भूमिकासमेत हटाउने प्रयास गरिएको भन्दै त्यसप्रति आपत्ति जनाइएको छ ।

बारले यस्तो संशोधन कानुनी शासनको आधारभूत मान्यता र कानून निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास तथा मूल्य–मान्यताविपरीत रहेको जनाएको छ । प्रस्तावित संशोधन यथावत् पारित भए कानून निर्माण प्रक्रियाको संस्थागत सन्तुलनमा असर पुग्ने दाबी गर्दै सरकारले विधेयक पुनर्विचार गरी आवश्यक परिमार्जन गर्नुपर्ने माग गरेको छ ।

त्यसैगरी बारले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाको निष्पक्ष छानबिनका लागि नागरिकस्तरीय अध्ययन समिति गठन गर्ने निर्णय गरेको जनाएको छ । देशमा बढ्दो सामाजिक तनावप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र नागरिक सुरक्षाका लागि प्रभावकारी कदम चाल्न पनि सरकारलाई आग्रह गरेको छ ।

प्रेस विज्ञप्तिमार्फत बारले संवैधानिक इजलास गठनमा वरिष्ठताको स्थापित परम्परा र संवैधानिक मर्मको पालना गर्नुपर्ने धारणा पनि दोहोर्‍याएको छ । साथै यस विषयमा आवश्यक निकासका लागि सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...