सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जस नेपाल

१४ साउन २०८३

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्युु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा आज जारी आदेशअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण, आन्दोलन तथा हुलदङ्गा भइ शान्ति भङ्ग हुन सक्ने देखिएको भन्दै जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो ।

आदेशअनुसार कफ्र्यु लागू हुने क्षेत्र पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नम्बर ३ को कहरहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चौर्हवा चोकसम्म, उत्तरतर्फ गोलबजार वडा नम्बर ६ को सैनिक चोकदेखि दक्षिणतर्फ तथा वडा नम्बर ४ स्थित राजकीय प्राविधिक बहुमुखी क्याम्पस वरपरको क्षेत्र तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालयले साउन १४ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू रहने जनाएको छ । प्रशासनले जारी आदेशको पूर्ण पालना गरी जिल्लाको शान्ति र सुरक्षा कायम गर्न सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ । आदेश उल्लङ्घन गरी कुनै गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ भने प्रभावित क्षेत्रमा निगरानीसमेत बढाइएको छ । स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

सम्बन्धित खवर

माता बनेर महिला माथि दुर्व्यवहार गर्ने थापा प्रहरी नियन्त्रणमा

माता बनेर महिला माथि दुर्व्यवहार गर्ने थापा प्रहरी नियन्त्रणमा

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत...

पर्यटकलाई कुटपिट गरी जबरजस्ती रकम असुल्ने दुई जना पक्राउ

पर्यटकलाई कुटपिट गरी जबरजस्ती रकम असुल्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल घुम्न आएका विदेशी पर्यटकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले...

सुनसरीमा जनजीवन सहज बन्दै, सर्वपक्षीय छलफलमा सद्भाव कायम गर्ने प्रतिबद्धता

सुनसरीमा जनजीवन सहज बन्दै, सर्वपक्षीय छलफलमा सद्भाव कायम गर्ने प्रतिबद्धता

काठमाडौँ । गत आइतबार दुई समूहबीच झडप भएयता अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख...

इन्जिनियर श्रीमानले भ्रष्टाचार गर्दा श्रीमतीलाई पनि मुद्दा

इन्जिनियर श्रीमानले भ्रष्टाचार गर्दा श्रीमतीलाई पनि मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी...