काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ गरेको हो ।
सीआईबीका अनुसार भट्टराईले २०६८ सालमा राहदानी ऐनविपरीतको कसुर गरेको अनुसन्धानबाट खुलेपछि उनीविरुद्ध २०८२ साल चैतमा मुद्दा दर्ता गरिएको थियो । सोही मुद्दामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

