१२ हजार घुससहित रंगेहात पक्राउ परेका सिरहाका वन अधिकृत विरुद्ध मुद्दा दायर

जस नेपाल

१८ साउन २०८३

१२ हजार घुससहित रंगेहात पक्राउ परेका सिरहाका वन अधिकृत विरुद्ध मुद्दा दायर

काठमाडौँ । सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवलाई सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार काष्ठ उद्योगका लागि ल्याइएका काठको सिलबन्दी रुजु गरी फाइल फिर्ता गर्ने क्रममा उनले सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस मागेका थिए। अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई गत असार २४ गते नै १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको  थियाे ।

याे पनि – बन्दीपुर सब–डिभिजन वन कार्यालय प्रमुख १२ हजार घुससहित अख्तियारको ‘ट्रयाप’मा

अनुसन्धानबाट निजले आफ्नो ओहोदाको काम गर्दा काठ ल्याएका ट्रकको सिल खोलेको मुचुल्का गरिदिएबापत विभिन्न बहाना बनाएर बार्गेनिङ गरी १२ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा बिगो १२ हजार रुपैयाँ कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

हेर्नुहोस् विज्ञप्ति –

 

सम्बन्धित खवर

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । पोखरा क्षेत्रीय विमानस्थल घोटाला प्रकरणमा काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग...

प्रतिनिधिसभामा तीन वटा विधेयक  प्रस्तुत

प्रतिनिधिसभामा तीन वटा विधेयक प्रस्तुत

काठमाडाैँ । सरकारले प्रतिनिधिसभाको बैठकमा तीन वटा विधेयक प्रस्तुत गरेको छ । सिंहदरबारमा सोमबार...

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पत्रकारिताका माध्यमबाट मातृभाषाहरूको संरक्षण र...

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतलगायत देशभरका अदालतमा भएको...