उच्च अदालत बार पाटनको निर्वाचन : अध्यक्ष र सचिव पदमा तीन-तीन जनाको उम्मेदवारी

जस नेपाल

२० साउन २०८३

उच्च अदालत बार पाटनको निर्वाचन : अध्यक्ष र सचिव पदमा तीन-तीन जनाको उम्मेदवारी

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको कार्यसमिति (आर्थिक वर्ष २०८३–०८५) निर्वाचनका लागि उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिले मंगलबार अपराह्न प्रथम नामावली प्रकाशन गर्दै विभिन्न पदमा परेको मनोनयन दर्ताका आधारमा उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो । शनिबार, साउन ३० गते हुने निर्वाचनका लागि मंगलबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

प्रकाशित नामावलीअनुसार अध्यक्ष पदमा वरिष्ठ अधिवक्ता सेवन्तराज निरौला, भेषराज पोखरेल र देवीप्रसाद रिजालबीच प्रतिस्पर्धा हुने भएको छ ।

उपाध्यक्ष पदका लागि दुर्गा प्रसाद चिमरिया, टिकाराम पोखरेल, धर्मप्रसाद पौडेल र नारदमुनि सिग्देल उम्मेदवार बनेका छन् ।

सचिव पदमा राजीव पोखरेल, विदुरप्रसाद अधिकारी (वि.पि.) र सविता बिमलीबीच प्रतिस्पर्धा हुनेछ भने सह–सचिव पदमा सिमा सुवेदी, श्वेता कुमारी र उपमा पोखरेलले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्ष पदमा दिलकुमार कार्की, अंशु न्हिसुतु र पूर्णरत्न तुलाधर उम्मेदवार रहेका छन् ।

यस्तै, महिला सदस्यका ६ जना उम्मेदवारमा अनिता पौडेल, इन्दिरा कुमारी शर्मा (सुवेदी), बबिता राई, बिन्द्रा दुमरु, सुमित्रा पाण्डे र कृष्णकुमारी पोखरेल छन् ।

खुला सदस्य पदका लागि भने २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूमा विष्णु महत, शर्मिला अधिकारी, दीपेश ओझा, सुलभ पराजुली, मैया ढुंगाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन केसी, कटकटबहादुर शाही, गोविन्दकुमार साह, मातृका खनाल, जुगुकाजी महर्जन, भविन्द्र राई, केशव पोखरेल, निमराज बुढाक्षेत्री, शुशिला सापकोटा, सिर्जना सुवेदी, रुवी श्रेष्ठ लाखे, विष्णु लम्साल (अनन्त), शुष्मा पौडेल, इन्दिरा धमला, अनिशा चौलागाईं, महेश नारायण दाश र अमोगरत्न तुलाधर रहेका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको यो प्रथम नामावलीउपर निर्वाचन कार्यतालिकाअनुसार दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढ्ने जनाएको छ ।

 

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...