अनसनमा बसेकी ज्योति रानाभाटसँग सरकारले गर्यो १९ बुँदे सहमति

जस नेपाल

२० साउन २०८३

अनसनमा बसेकी ज्योति रानाभाटसँग सरकारले गर्यो १९ बुँदे सहमति

काठमाडौँ । विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी अभियन्ता ज्योति रानाभाटले अनसन अन्त्य गरेकी छन् । सरकारी वार्ता टोली र अभियन्ता रानाभाटका बीचमा आज बिहान विभिन्न १९ बुँदे सहमति भएपछि अभियन्ता रानाभाटले अनसन अन्त्य गरेकी हुन् । नर्ससमेत रहेकी रानाभाटाले यही साउन १४ गतेदेखि अनसनमा बसेकी थिइन् ।

सहमतिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानून अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गरेका छन् ।

सहमतिका बुँदाहरूमा सरकारी, प्रतिष्ठान, निजी, सामुदायिक अस्पताल, मेडिकल कलेज तथा शिक्षण संस्थामा कार्यरत नर्स तथा मिडवाइफलगायत स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सम्मानजनक सेवा, शर्त र सुविधा निर्धारण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात दिनभित्र कार्यदल गठन गरी कम्तीमा छ महिनाभित्र कार्यसम्पन्न गर्ने रहेका छन् ।

छात्रवृत्तिमा अध्ययन गरेका सबै शैक्षिकस्तरका नर्स तथा मिडवाइफहरूसमेतको योग्यता र विशेषज्ञताअनुसारको तह, जिम्मेवारी, सेवा सुविधा तथा नेतृत्व अवसर समेटिनेगरी सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७२ लाई ३० दिनभित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संशोधन गर्ने, स्वास्थ्य तथा मिडवाइफ्री रणनीति २०७७/७८–२०८७/८८ बमोजिम मिडवाइफ (अनमी)हरूलाई प्रवीणता प्रमाणपत्र तह नर्सिङ तथा मिडवाइफ्री अध्ययनका लागि छात्रवृत्ति सुनिश्चित गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने पनि सहमति भएको छ । 

त्यसैगरी, प्रवीणता प्रमाणपत्र तह नर्सिङ तथा मिडवाइफ्री कार्यक्रम भर्ना प्रयोजनका लागि आगामी शैक्षिकसत्रदेखि प्रवेश परीक्षाको मिति कायम गर्न शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई निर्देशन दिन स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले दुई दिनभित्र अनुरोध गर्ने सहमतिमा उल्लेख छ ।

यसैगरी सम्पूर्ण अस्पतालहरूमा नर्सिङ प्रोसेस, नर्सिङ केयर प्लान, नर्सिङ डकुमेन्टेसन र नर्सिङ इभ्यालुसन, औषधि व्यवस्थापन, सङ्क्रमण नियन्त्रण, बिरामी सुरक्षा, प्रतिकूल घटनाहरु तथा नियमित नर्सिङ तथा मिडवाइफ्री अनिवार्य रुपमा लागू गरिने ,सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को प्रावधानबमोजिम सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आरएमसीको अडिट गर्ने व्यवस्था मिलाउन र कडाइका साथ कार्यान्वयन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात दिनभित्र परिपत्र गर्ने र नेपाल नर्सिङ परिषद्ले सोको अनुगमन गर्नेलगायतका बुँदामा दुवै पक्ष बीचमा सहमति भएको छ ।

सम्बन्धित खवर

तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई कानून समितिको निर्देशन

तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई कानून समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायपालिका र न्यायाधीशप्रति प्रश्न उठाउने...

धनुषामा सम्बन्धविच्छेदका घटना बढे : जिल्ला अदालत

धनुषामा सम्बन्धविच्छेदका घटना बढे : जिल्ला अदालत

जनकपुरधाम । धनुषा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालतको...

उच्च अदालत बार पाटनको निर्वाचन : अध्यक्ष र सचिव पदमा तीन-तीन जनाको उम्मेदवारी

उच्च अदालत बार पाटनको निर्वाचन : अध्यक्ष र सचिव पदमा तीन-तीन जनाको उम्मेदवारी

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको कार्यसमिति (आर्थिक वर्ष २०८३–०८५) निर्वाचनका लागि उम्मेदवारहरूको...

३५ औँ अधिवक्ता तहको परीक्षा कार्यक्रम सार्वजनिक, १५ नजिर तोकिए

३५ औँ अधिवक्ता तहको परीक्षा कार्यक्रम सार्वजनिक, १५ नजिर तोकिए

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्ले कानून व्यवसायीको परीक्षासम्बन्धी परीक्षा कार्यक्रम, परीक्षार्थीले पालना गर्नुपर्ने...