प्रतिनिधिसभाको नयाँ क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नै गायब

जस नेपाल

२२ साउन २०८३

प्रतिनिधिसभाको नयाँ क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नै गायब

काठमाडौं । प्रतिनिधिसभा नियमावली, २०८३ ले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको भए पनि संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको नयाँ कार्यतालिकामा उक्त कार्यक्रम समावेश गरिएको छैन ।

नियमावलीको परिच्छेद-९ अन्तर्गत रहेको व्यवस्था अनुसार प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले प्रत्येक महिनाको पहिलो सातामा प्रत्यक्ष प्रश्न सोध्न सक्ने र प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्ने प्रावधान छ । यस्तो कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि नियमावलीले गरेको छ ।

तर हाल सार्वजनिक गरिएको प्रतिनिधिसभाको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम उल्लेख नभएपछि नियमावलीको कार्यान्वयनबारे प्रश्न उठेको छ । यस विषयमा संसद् सचिवालय वा सम्बन्धित निकायले हालसम्म कुनै औपचारिक स्पष्टीकरण दिएको छैन ।

सम्बन्धित खवर

१५ बुँदे माग सम्बोधन नभएसम्म श्रमिक विदेश नपठाउने व्यवसायीको घोषणा

१५ बुँदे माग सम्बोधन नभएसम्म श्रमिक विदेश नपठाउने व्यवसायीको घोषणा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना १५ बुँदे माग तत्काल सम्बोधन गर्न...

कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्न सर्वोच्च अदालत तयार

कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्न सर्वोच्च अदालत तयार

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतको ढोकामा पुगेको छ। गगन थापा...

नेपालमा बसेर काम गर्नुहुन्छ भने….

नेपालमा बसेर काम गर्नुहुन्छ भने….

तीनवटा अन्तरराष्ट्रिय संस्थाले नेपालको आन्तरिक मामिलाको विषयमा एकदम कपोकल्पित विषयमा साझा धारणा सार्वजनिक गरेको...

तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई कानून समितिको निर्देशन

तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई कानून समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायपालिका र न्यायाधीशप्रति प्रश्न उठाउने...