नेपालमा बसेर काम गर्नुहुन्छ भने….

जस नेपाल

२१ साउन २०८३

नेपालमा बसेर काम गर्नुहुन्छ भने….

तीनवटा अन्तरराष्ट्रिय संस्थाले नेपालको आन्तरिक मामिलाको विषयमा एकदम कपोकल्पित विषयमा साझा धारणा सार्वजनिक गरेको विषय हो । मलाई लाग्दछ, यो नेपालको सार्वभौमिकतामाथिको कताकता हस्तक्षेप पनि हो भन्ने मलाई लाग्दछ ।

मेरो देशको सार्वभौमिकता कुनै पनि परिस्थितिमा सम्झौताको विषय र टीका टिप्पणीको विषय बन्न सक्दैन भन्ने कुरामा म स्पष्ट छु, सरकार स्पष्ट छ । सार्वभौमिकता र देशको आन्तरिक संवैधानिक विषयमा अन्तिम निर्णय गर्ने अधिकार नेपाली जनतालाई छ । नेपालको संविधान र संवैधानिक संस्थाहरुलाई छ । संसदलाई छ । तर, बाह्य संघ संस्थाहरुलाई छैन भन्ने कुरामा हामी स्पष्ट हुनुपर्छ ।

कताकति अहिले यो जुन साझा धारणा आएको छ, यसमा राजनीतिक गन्ध देखिन्छ । हामीले खुलेर भन्नुपर्छ । राजनीतिक टिप्पणी गर्ने अधिकार कुनै पनि बाह्य संस्थालाई छैन । नेपालमा राजनीति गर्ने अधिकार नेपाली नागरिकलाई मात्रै छ, यो विषयमा हामी स्पष्ट हुनुपर्दछ ।

हामी एकदम लोकतान्त्रिक देश हौं । यो लोकतान्त्रिक देशमा हामी आलोचनाहरु स्वीकार गर्छौं । तर, ती सबै आलोचनाहरु तथ्यमा आधारित हुनुपर्छ । विना आधार, विना कारण, विनाप्रमाण यत्तिकै आक्षेपहरु चाहिँ लगाउन पाइँदैन ।

किनभने, यसको प्रत्यक्ष असर जनतामा परिराखेको हुन्छ । सरकारलाई विना आधार, विना प्रमाण, विना तथ्य यसरी आक्षेप लगाउँदै जाने हो भनेदेखि जुन जनविश्वास छ, त्यो ह्रास हुन्छ । त्यो ह्रास हुने काम कसैले गर्छ भनेदेखि त्यो सरकारविरोधी मात्रै होइन कि त्यो चाहिँ समाज भाँड्ने गतिविधि पनि हो भनेर हामीले बुझ्नुपर्दछ । त्यसमा हामी स्पष्ट हुनुपर्छ ।

किनभने, जनताको विश्वासलाई आघात पुर्याउने कुराचाहिँ गर्नु हुँदैन । यदि सरकारले त्यसो गरेको छ भने त्यो सुसूचित हुन पाउनुपर्छ । तर, सरकारले गरेको छ भन्ने पुष्टि गर्ने आधार प्रमाण त चाहिन्छ नि । विना आधार, विना कारण यसरी सरकारलाई ‘पोलुट’ गर्ने काम कत्ति पनि राम्रो होइन ।

पब्लिकलाई एकदमै भ्रमित गर्ने, संवैधानिक निकायहरुलाई अविश्वास गर्ने वातावरण सिर्जना गर्ने जुन कार्यहरु भइराखेको छ, योचाहिँ समाजका लागि हितकर होइन । दीर्घकालीन समाज निर्माण गर्ने उदेश्यका साथ हामी यहाा आएका छौँ, विभिन्न दल, विभिन्न धर्म, विभिन्न समुदाय, विभिन्न जातजाति र नेपालको सबै भूगोललाई प्रतिनिधित्व गरेर आज संसदमा आएका हौं नि । त्यसकारण समाजलाई जोगाउने हाम्रो साझा दायित्व हो ।

कसैले समाजलाई भाँड्ने प्रयत्न गर्छ भने त्यसमा हामी एकठाउँमा उभिनुपर्छ भन्ने कुरा मलाई लाग्छ ।

म सरकारको प्रतिनिधि भएको हैसियतले के स्पष्ट छु भनेदेखि हाम्रो सरकारको कुनै पनि प्रतिनिधिले कसैलाई पनि यस्तो प्रकारको पोलिटिकल प्रेसर दिएको छैन । तर, क्रेडिबल रिपोर्ट आयो भनेपछि त हामीमाथि आक्षेप लाग्यो । मलाई थाहा छ, मैले गरेको छैन, तर मलाई आक्षेप लगाएपछि त मैले थाहा पाउनुप¥यो नि क्रेडिबल रिपोर्ट भनेको के हो ? सरकारले क्रेडिबल रिपोर्टका बारेमा थाहा पाउनुपर्छ ।

उहाँहरु गम्भीर हुनुपर्छ, नेपालमा बसेर काम गर्नुहुन्छ भनेदेखि नेपालको कानून, नेपालको समाज, यो सबैलाई पच्नुपर्छ उहाँहरु । नेपालको समाजलाई भाँड्ने कुनै पनि प्रकारका गतिविधि गर्नुहँुदैन । नेपाली समाजको मनोविज्ञानलाई कमजोर पार्नेखालको, समाजमा अविश्वास हुने खालको कुनै पनि गतिविधि उहाँहरुले गर्न हुँदैन । यसका बारेमा हामी स्पष्ट हुनुपर्छ ।

(कानून मन्त्री सोविता गौतमले बुधबार संसदीय समितिको बैठकमा गरेको सम्वोधनको अंश)

यो पनि-

 

मन्त्रीज्यू, यता छ प्रमाण ! कानून दिवसकै दिन सपना प्रधानले गरेकी थिइन् महाअभियोगको चर्चा

 

 

सम्बन्धित खवर

सर्वोच्चमा बिहीबार ३५५ मुद्दाको पेसी, ११२ वटामा फैसला

सर्वोच्चमा बिहीबार ३५५ मुद्दाको पेसी, ११२ वटामा फैसला

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार तोकिएका ३५५ वटा मुद्दामध्ये ११२ वटामा फैसला भएको छ...

मन्त्रीज्यू, यता छ प्रमाण ! कानून दिवसकै दिन सपना प्रधानले गरेकी थिइन् महाअभियोगको चर्चा

मन्त्रीज्यू, यता छ प्रमाण ! कानून दिवसकै दिन सपना प्रधानले गरेकी थिइन् महाअभियोगको चर्चा

काठमाडौँ । बालेन सरकार, कानूनमन्त्री सोविता गौतम अनि संसदीय समितिकी सभापति समीक्षा बास्कोटा यतिबेला...