काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल’ आयोजना गरेको छ ।
रामशाहपथस्थित नेपाल बार एशोसिएसनको सभा हलमा शुक्रबार दिउँसो सवा १२ बजेदेखि आयोजना गरिएको कार्यक्रममा डिजिटल प्रविधिको युगमा हुने लैंगिक हिंसा, यसका चुनौती, कानूनी व्यवस्था र समाधानका विषयमा छलफल गरिने आयोजक संस्था सर्वोच्च बारले जनाएको छ ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता शतिशकृष्ण खरेल, अधिवक्ता कविता पाण्डे बस्नेत र साइबर ब्यूरोका प्रहरी उपरीक्षक दिलिपकुमार गिरीको प्रस्तुति रहने छ ।

