कांग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचारको मुद्दा

२८ मंसिर २०८२

कांग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेले ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

आयोगले चालिसेसहित ५ जना विरुद्ध सोही रकमलाई बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत तथा भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजायको माग गर्दै मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जस नेपाललाई जनकारी दिए ।उनले भने ‘अख्तियारले आज आरोप पत्र दायर गरेको हो । त्यसमा सन्तोष चालिसेसहित ५ जना प्रतिवादी छन् । मुद्दा दर्ता प्रक्रियामा छ ।’

चालिसेले सार्वजनिक पदमा रहँदा आफ्नो आय स्रोतभन्दा अस्वाभाविक रूपमा बढी सम्पत्ति आर्जन गरेको देखिएको छ अख्तियारको आरोपपत्रमा उल्लेख छ । आयोगले उनको आय–व्यय विवरण, चल–अचल सम्पत्ति, बैंक कारोबार तथा पारिवारिक नाममा देखिएको सम्पत्तिसमेतको अनुसन्धानपछि गैरकानुनी सम्पत्ति आर्जन भएको निष्कर्ष निकालेको बताइएको छ ।चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख समेत हुन् ।

सन्तोष चालिसे २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए भने २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

सांसद बनेपछि उनी प्रतिनिधिसभाको अर्थ समितिको सभापतिसमेत बनेका थिए । अर्थ समितिको सभापति रहँदा सार्वजनिक खर्च, राजस्व र आर्थिक नीतिसँग सम्बन्धित विषयमा प्रभावशाली भूमिकामा रहेका चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुनु राजनीतिक रूपमा पनि अर्थपूर्ण मानिएको छ ।

सम्बन्धित खवर

जेनजी आन्दोलन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्ने समितिको म्याद ४५ दिन थप

जेनजी आन्दोलन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्ने समितिको म्याद ४५ दिन थप

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ...

तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

कर्णाली । सुर्खेत प्रहरीले तीन करोड बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको...

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति : विपक्षी सांसद्को एउटै स्वर – ‘माफी माग्नु पर्छ’ (भिडियाे)

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति : विपक्षी सांसद्को एउटै स्वर – ‘माफी माग्नु पर्छ’ (भिडियाे)

काठमाडौँ । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्तिलाई लिएर आज सोमाबार पनि...

भेप भित्र सुन तस्करी प्रकरण : पूर्वसभामुख महराको बयान जारी

भेप भित्र सुन तस्करी प्रकरण : पूर्वसभामुख महराको बयान जारी

काठमाडौं । विद्युतीय सिगरेट (भेप) भित्र सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध...