सेजमा भाडा नतिर्ने उद्योगलाई मन्त्री यादवको चेतावनी : एक साताभित्र बक्यौता नतिरे पनी बत्ती काटिने

जस नेपाल

४ साउन २०८३

सेजमा भाडा नतिर्ने उद्योगलाई मन्त्री यादवको चेतावनी : एक साताभित्र बक्यौता नतिरे पनी बत्ती काटिने

काठमाडौँ । विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालनमा रहेका उद्योगहरूको बक्यौता भाडा असुली प्रक्रिया तीव्र पारिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि सेज प्राधिकरणले बक्यौता रहेका उद्योगलाई एक साताभित्र भाडा चुक्ता गर्न अन्तिम सूचना जारी गरेको हो ।

प्राधिकरणका अनुसार तोकिएको अवधिभित्र बक्यौता नतिर्ने उद्योगको बिजुली र खानेपानी सेवा बन्द गर्ने तथा आवश्यक परे सम्झौताअनुसार थप कानुनी प्रक्रिया अघि बढाइनेछ ।

सेज प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार हाल विभिन्न उद्योगबाट करिब १ करोड ९४ लाख ६३ हजार रुपैयाँ बक्यौता उठ्न बाँकी छ । प्राधिकरणले भने यसअघि नै १६ करोड रुपैयाँभन्दा बढी भाडा तथा अन्य शुल्क असुल गरिसकेको जनाएको छ ।

प्राधिकरणका अनुसार सम्बन्धित उद्योगलाई पटक–पटक भाडा तिर्न लिखित तथा मौखिक रूपमा आग्रह गरिए पनि अपेक्षित रूपमा रकम नउठेपछि कडाइ गरिएको हो ।

उद्योग मन्त्री यादवले सरकारी सम्पत्ति प्रयोग गर्ने उद्योगले सम्झौताअनुसारको दायित्व पूरा गर्नुपर्ने बताउँदै बक्यौता असुलीमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । यद्यपि यस विषयमा बक्यौता रहेका उद्योगहरूको धारणा सार्वजनिक भएको छैन ।

सम्बन्धित खवर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर हट्यो

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको...

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

हेटाैँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा...

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर । गत आर्थिक वर्ष ०८२/८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान...

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक...