थुना आदेश बदरको माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च अदालतमा

जस नेपाल

८ साउन २०८३

थुना आदेश बदरको माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च अदालतमा

काठमाडौं । बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट थुना आदेश बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दा र विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा भएको थुना आदेश बदर गर्न माग गर्दै भट्टले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् ।

बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो दाबी गरिएको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले गत असार ५ गते भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको थियो । उक्त मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले असार ३ गते भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा भट्टसँगै शंकर ग्रुपका सञ्चालक शंकरलाल अग्रवाल, सुलभ अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोरलाई पनि प्रतिवादी बनाइएको छ । अभियोजन पक्षका अनुसार विभिन्न कम्पनीहरूको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका क्रममा दीपक भट्टलाई गत चैत १९ गते पक्राउ गरेको थियो ।

सम्बन्धित खवर

झापा बारद्वारा उच्च अदालत इलाम इजलासका न्यायाधीशलाई बिदाइ

झापा बारद्वारा उच्च अदालत इलाम इजलासका न्यायाधीशलाई बिदाइ

झापा । उच्च अदालत विराटनगर, इलाम इजलासका सरुवा भएका न्यायाधीशहरूको सम्मानमा झापा बार एसोसिएसनले...

नेपालका प्रधान न्यायाधीशलाई दिल्लीमा सूर्यकान्तको स्वागत

नेपालका प्रधान न्यायाधीशलाई दिल्लीमा सूर्यकान्तको स्वागत

नयाँदिल्ली । नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको टोली भारत पुगेको छ । भारतमा नेपालसहित...

शुक्रबार सर्वोच्चमा २१५ पेसी, १०० मुद्दाको फैसला

शुक्रबार सर्वोच्चमा २१५ पेसी, १०० मुद्दाको फैसला

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार १४ जना न्यायाधीशको इजलासबाट २१५ वटा मुद्दाको पेसी तोकिएकोमा...

१५ वर्ष अघि बालबालिकाको पोषण भत्ता हिनामिना गरेको आराेपमा तीनविरुद्ध मुद्दा

१५ वर्ष अघि बालबालिकाको पोषण भत्ता हिनामिना गरेको आराेपमा तीनविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाविसमा बालबालिकाको पोषण भत्ता रकम...