जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानून चाहिन्छ : मन्त्री गौतम

जस नेपाल

११ साउन २०८३

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानून चाहिन्छ : मन्त्री गौतम

चितवन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको चाहनाअनुरुप विकासका लागि आवश्यक कानुन संशोधन गर्नुपर्ने बताएकी छन् ।

चितवनका स्थानीय पत्रकारसँग सोमबार कुराकानी गर्दै उनले जनताको अपेक्षाअनुसार कानुन बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाइ हुने बताउइन् । मन्त्री गौतमले भनिन्, “नेतृत्वको चाहनाले होइन, जनताको सोचाइअनुसार कानुन बनाउन सकिएन भने परिणाम दिन कठिन हुन्छ ।”

उनले आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार वर्षका रुपमा घोषणा गरेकाले १६६ वटा कानून बनाउनुपर्ने बताइन् । मन्त्री गौतमले काममा बाधा पुग्ने कानूनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवमा ३० वर्षे सेवा र ५५ वर्ष उमेर हदको कुरा प्रक्रियामा रहेको बताइन् ।

सम्बन्धित खवर

मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम । मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२/८३ मा १५ वटा...

अदालतमा आज – सपना प्रधान पुन: कामु प्रधानन्यायाधीश, स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट, शंकरलाल अग्रवाल थुनामा

अदालतमा आज – सपना प्रधान पुन: कामु प्रधानन्यायाधीश, स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट, शंकरलाल अग्रवाल थुनामा

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । मितव्ययिताको नारा दिँदै २० अर्ब रुपैयाँ बचत गर्ने घोषणा गर्ने सरकारले नै...