इन्जिनियर श्रीमानले भ्रष्टाचार गर्दा श्रीमतीलाई पनि मुद्दा

जस नेपाल

१३ साउन २०८३

इन्जिनियर श्रीमानले भ्रष्टाचार गर्दा श्रीमतीलाई पनि मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी र उनकी श्रीमती अर्पना कुमारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। निजले पदीय मर्यादाविपरीत गैरकानुनी रूपमा दुई करोड २६ लाख १३ हजार एक सय २३ रुपैयाँ ३६ पैसा बराबरको सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले कैद, जरिवाना र सम्पत्ति जफतको मागदाबी लिएको हो ।

आयोगका अनुसार शैलेन्द्र कुमार चौधरी सुरू नियुक्ति भएको २०६५ साल पुस ११ गतेदेखि २०८२ साल असार २९ गतेसम्मको अवधि जाँच अवधि कायम गरी निज तथा एकाघर परिवारको आय-व्यय विश्लेषण गरिएको थियो ।

जाँच अवधिमा बैधानिक स्रोतबाट जम्मा दुई करोड ७२ लाख ५५ हजार सात सय ६६ रुपैयाँ छ पैसा आय देखिए पनि जग्गा–घर खरिद, सवारी साधन, बिमा, शिक्षा खर्च, कर्जा भुक्तानी, लगानी, सुन खरिदलगायत शीर्षकमा चार करोड ९८ लाख ६८ हजार आठ सय ८९ रुपैयाँ ४२ पैसा खर्च तथा लगानी भएको पाइयो।

यसरी कुल आयभन्दा व्यय दुई करोड २६ लाख १३ हजार एक सय २३ रुपैयाँ ३६ पैसाले बढी देखिएपछि उक्त रकम स्रोत नखुलेको गैरकानुनी सम्पत्ति ठहर गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० बमोजिमको कसुरमा बिगो कायम गरी कैद र जरिवानाको मागदाबी लिइएको छ भने झुट्टा सम्पत्ति विवरण पेस गरेको अभियोगमा दफा १६ बमोजिम थप सजाय र लुकाइएका सम्पत्ति जफतको मागसमेत गरिएको छ ।

श्रीमती अर्पना कुमारीलाई भने निजका नाममा रहेका स्रोत नखुलेका सम्पत्ति जफत गर्न मात्र प्रतिवादी कायम गरिएको आयोगले स्पष्ट पारेको छ ।

हेर्नुहोस् विज्ञप्ति –

सम्बन्धित खवर

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर...

माता बनेर महिला माथि दुर्व्यवहार गर्ने थापा प्रहरी नियन्त्रणमा

माता बनेर महिला माथि दुर्व्यवहार गर्ने थापा प्रहरी नियन्त्रणमा

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत...

पर्यटकलाई कुटपिट गरी जबरजस्ती रकम असुल्ने दुई जना पक्राउ

पर्यटकलाई कुटपिट गरी जबरजस्ती रकम असुल्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल घुम्न आएका विदेशी पर्यटकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले...

सुनसरीमा जनजीवन सहज बन्दै, सर्वपक्षीय छलफलमा सद्भाव कायम गर्ने प्रतिबद्धता

सुनसरीमा जनजीवन सहज बन्दै, सर्वपक्षीय छलफलमा सद्भाव कायम गर्ने प्रतिबद्धता

काठमाडौँ । गत आइतबार दुई समूहबीच झडप भएयता अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख...