पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

जस नेपाल

१ भदौ २०८३

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्थाका पत्रकार कशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशले प्ररही हिरासतमा रहेका पत्रकार श्रेष्ठलाई हाजिर जमानीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

पत्रकार श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्नी सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

रिटमाथि सुनुवाई गर्दै न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा रिहा गर्न प्रहरीका नाममा आदेश जारी गरेको हो ।

प्रहरीले जफत गरेका कम्प्युटर लगायतका सामग्रीहरु अदालतका सहरजिष्ट्रारको रोहबरमा फिर्ता गर्न समेत अदालतले प्रहरीलाई भनेको छ ।

पत्रकार श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले साउन २७ गते साँझ ललितपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

गोपनीयता सम्बन्धी ऐनको दफा लगाएर पक्राउ गरेपछि प्रहरीले जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको घरमा समेत खानतासी गरी कम्युटर, मोबाइल लगायतका सामग्रीहरु जफत गरेको थियो ।
श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले शुरुमा तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सोमबार मात्रै जिल्ला अदालतले चार दिन म्याद थपेको थियो ।

गत शुक्रबार पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । अदालतले जफत गरिएका सामग्रीसहित श्रेष्ठलाई अदालतमा उपस्थित गराउन भनेको थियो ।

सम्बन्धित खवर

बलात्कार अनुसन्धानमा छुट्टै प्रहरी संगठन बनाउन सर्वोच्च अदालतको निर्देशनात्मक आदेश (पूर्णपाठसहित)

बलात्कार अनुसन्धानमा छुट्टै प्रहरी संगठन बनाउन सर्वोच्च अदालतको निर्देशनात्मक आदेश (पूर्णपाठसहित)

काठमाडौँ । महिला प्रहरीलाई सहकर्मीले सामूहिक बलात्कार गरेको घटनाबाट सुरु भएको यो मुद्दा अहिलेसम्मको...

महिलाले बलात्कार गर्न सक्छन् ?  हेर्नुहोस् सर्वोच्चको व्याख्या

महिलाले बलात्कार गर्न सक्छन् ?  हेर्नुहोस् सर्वोच्चको व्याख्या

काठमाडौँ । एक महिलाले आफूलाई पुरुष भएको विश्वास दिलाइन् । प्रेम र विवाहको कुरा...

साताको अदालत : बारको असन्तुष्टि, पूर्व प्रधानमन्त्रीसँग जवाफ मागदेखि उच्च अदालत पाटनको निर्वाचनसम्म

साताको अदालत : बारको असन्तुष्टि, पूर्व प्रधानमन्त्रीसँग जवाफ मागदेखि उच्च अदालत पाटनको निर्वाचनसम्म

काठमाडौँ । यो साता न्यायपालिकाभित्र परम्परा मिचेर राष्ट्रिय महत्वका मुद्दाहरू टिप्पणी आदेशमार्फत संवैधानिक इजलासमा...

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

ललितपुर । उच्च अदालत बार एशोसिएसन, पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला विजयी बनेका छन्...