संविधान  बचाऔं  : पापड

जस नेपाल

१२ कार्तिक २०८२

संविधान  बचाऔं  : पापड

काठमाडौं । संविधान दिवसका अवसरमा माइतीघर मण्डलाबाट शान्ति र्‍याली निकालिएको छ  । माइतीघरबाट सुरु भएको शान्ति र्‍याली भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो ।

शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले आयोजना गरेको उक्त कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, चिकित्सक, इन्जिनियर, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीवीलगायत विभिन्न पेसा र व्यवसायसँग आबद्ध नागरिकको सहभागिता थियो ।

र्‍यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । बिसं २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिँदै आइएको छ ।

र्‍यालीमा सहभागी भएका नेपाल बार एसोशिएसनका अध्यक्ष विजय मिश्रले हालको परिस्थितिमा संविधान बचाउन तोकिएको समयमा निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिए । समयमा निर्वाचन हुन नसके विघटन गरिएको संसद् पुनर्गठन गरेर भए पनि संविधान जोगाउनुपर्ने उनको जिकिर छ ।

नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले संविधानमाथि खेलबाड, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित लगायतका अवस्थामा पापडले सशक्त आवाज उठाउने गरेको बताइन् । उनले अन्तरिम सरकार बन्दै गर्दा कतै संविधानको हनन भयो भएन भनेर विचार गर्न समेत यो कार्यक्रम आयोजना गरिएको बताइन् ।

त्यस्तै नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले देशमा संवैधानिक जटिलता आइपरेका बेला पापडले सधैँ खबरदारी गर्दै आएको स्मरण गरे । उनले लोकतन्त्रका रक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण पाटो संविधान रहेको भन्दै हाल संविधान केही हदसम्म उलंघन हुने अवस्था सिर्जना भएकाले यस किसिमको कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

 

सम्बन्धित खवर

विष्णु पौडेलकी पत्नीद्वारा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता, बिहिबार पेसी

विष्णु पौडेलकी पत्नीद्वारा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता, बिहिबार पेसी

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै...

रकम फिर्ताका निम्ति कामपामा ६ हजार बचतकर्ताको आवेदन

रकम फिर्ताका निम्ति कामपामा ६ हजार बचतकर्ताको आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका...

ब्युटी पार्लर : सौन्दर्य उद्योगको कालो पक्ष

ब्युटी पार्लर : सौन्दर्य उद्योगको कालो पक्ष

काठमाडौँ । नेपालको सौन्दर्य उद्योग तीव्र गतिमा विस्तार भइरहेको छ । यो वृद्धि भारत,...

सावधान ! कानुनी परीक्षण नगरी घर-जग्गा खरिद गर्दै हुनुहुन्छ ? नक्सा झोलामा, जमिन खोलामा हुनसक्छ !

सावधान ! कानुनी परीक्षण नगरी घर-जग्गा खरिद गर्दै हुनुहुन्छ ? नक्सा झोलामा, जमिन खोलामा हुनसक्छ !

काठमाडौँ । आफ्नाे सपनाकाे घर वा जग्गा किन्ने तयारीमा हुनुहुन्छ ? तर के तपाईंलाई...