संविधान  बचाऔं  : पापड

जस नेपाल

१२ कार्तिक २०८२

संविधान  बचाऔं  : पापड

काठमाडौं । संविधान दिवसका अवसरमा माइतीघर मण्डलाबाट शान्ति र्‍याली निकालिएको छ  । माइतीघरबाट सुरु भएको शान्ति र्‍याली भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो ।

शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले आयोजना गरेको उक्त कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, चिकित्सक, इन्जिनियर, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीवीलगायत विभिन्न पेसा र व्यवसायसँग आबद्ध नागरिकको सहभागिता थियो ।

र्‍यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । बिसं २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिँदै आइएको छ ।

र्‍यालीमा सहभागी भएका नेपाल बार एसोशिएसनका अध्यक्ष विजय मिश्रले हालको परिस्थितिमा संविधान बचाउन तोकिएको समयमा निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिए । समयमा निर्वाचन हुन नसके विघटन गरिएको संसद् पुनर्गठन गरेर भए पनि संविधान जोगाउनुपर्ने उनको जिकिर छ ।

नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले संविधानमाथि खेलबाड, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित लगायतका अवस्थामा पापडले सशक्त आवाज उठाउने गरेको बताइन् । उनले अन्तरिम सरकार बन्दै गर्दा कतै संविधानको हनन भयो भएन भनेर विचार गर्न समेत यो कार्यक्रम आयोजना गरिएको बताइन् ।

त्यस्तै नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले देशमा संवैधानिक जटिलता आइपरेका बेला पापडले सधैँ खबरदारी गर्दै आएको स्मरण गरे । उनले लोकतन्त्रका रक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण पाटो संविधान रहेको भन्दै हाल संविधान केही हदसम्म उलंघन हुने अवस्था सिर्जना भएकाले यस किसिमको कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

 

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...