डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सम्पन्न

१ पुष २०८२

डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सम्पन्न

काठमाडौं । डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सम्पन्न भएको छ । इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट र डिजिटल फ्रिड्मलगायतका संस्थाको आयोजनामा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रविधिको सही प्रयोग प्रयोगमार्फत मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सुरक्षासम्बन्धी छलफल गरिएको हो ।

सम्मेलनको उद्घाटन गर्दे सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदीले डिजिटल अधिकारको मुद्दा प्रविधिकोमात्र नभइ राज्यको समेत भएकाले राज्य तहबाटै यसको समस्या समाधानका लागि पहल हुनुपर्ने बताए । उनले अहिले प्रविधिको समय भएकाले यसलाई सही ढङ्गले प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताए। उनले डिजिटल अधिकार अमूर्त विचार भन्दा पनि संविधानद्वारा संरक्षित समानता र स्वतन्त्रता जस्ता मौलिक अधिकार भएको उल्लेख गरे।

प्रविधि सुविधाको उपकरणका रूपमा मात्र विकास हुन नहुने उनको भनाइ थियो । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिंगर हम्दीले डिजिटल अधिकारलाई सही ढङ्गले प्रयोग गर्नुपर्ने बताए । डिजिटल युगले गणतन्त्रलाई मद्दत पुर्‍याउने उनको भनाइ थियो । उनले आधुनिक समाजमा नैतिक र जिम्मेवार प्रविधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

श्रीलङ्काका प्रा.डा. रोहन समरजीवाले सरकारले डिजिटल अधिकारलाई सही ढङ्गले प्रयोग नगर्दा नेपाल, बङ्गलादेश, श्रीलङ्कालगायतका देशमा आन्दोलन भएको बताए । उनले इन्टरनेटलाई बन्द गर्नुभन्दा नीति बनाएर प्रयोग गर्नुपर्ने धाराणा राखे ।

फ्रिडम फोरमका संस्थापक एवम् कार्यक्रमका अध्यक्ष तारानाथ दाहालले डिजिटल अधिकारमाथि लगाइएको बन्देजका कारण नेपालमा जेनजी आन्दोलन भएको बताए। उनले डिजिटल अधिकारलाई बन्देज गराउनुभन्दा विस्तारै व्यवस्थित गर्दै लैजानुपर्ने धारणा राखे ।

एकदिने सम्मेलनमा डिजिटल युगमा मानव अधिकारको रक्षा, चरणवद्ध पारदर्शीता र डिजिटल प्रशासन, नेपालमा एआई नीतिको विकास, सूचना निष्पक्षता र डिजिटल साक्षरता, चुनौती र समाधान लगायतका विषयमा विभिन्न सेसनमा छलफल भएको थियो ।

सम्बन्धित खवर

विष्णु पौडेलकी पत्नीद्वारा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता, बिहिबार पेसी

विष्णु पौडेलकी पत्नीद्वारा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता, बिहिबार पेसी

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै...

रकम फिर्ताका निम्ति कामपामा ६ हजार बचतकर्ताको आवेदन

रकम फिर्ताका निम्ति कामपामा ६ हजार बचतकर्ताको आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका...

ब्युटी पार्लर : सौन्दर्य उद्योगको कालो पक्ष

ब्युटी पार्लर : सौन्दर्य उद्योगको कालो पक्ष

काठमाडौँ । नेपालको सौन्दर्य उद्योग तीव्र गतिमा विस्तार भइरहेको छ । यो वृद्धि भारत,...

सावधान ! कानुनी परीक्षण नगरी घर-जग्गा खरिद गर्दै हुनुहुन्छ ? नक्सा झोलामा, जमिन खोलामा हुनसक्छ !

सावधान ! कानुनी परीक्षण नगरी घर-जग्गा खरिद गर्दै हुनुहुन्छ ? नक्सा झोलामा, जमिन खोलामा हुनसक्छ !

काठमाडौँ । आफ्नाे सपनाकाे घर वा जग्गा किन्ने तयारीमा हुनुहुन्छ ? तर के तपाईंलाई...