न्याय नपाएको भन्दै लघुवित्त र मिटरब्याज पीडितले गरे सडक आन्दोलनको घोषणा

५ पुष २०८२

न्याय नपाएको भन्दै लघुवित्त र मिटरब्याज पीडितले गरे सडक आन्दोलनको घोषणा

काठमाडौं । लघुवित्त तथा मिटरब्याज पीडितहरुले पुस ७ देखि राजधानीकेन्द्रित आन्दोलनको घोषणा गरेका छन् । पीडितले नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको राजीनामासमेत मागेका छन् ।

‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल’ र ‘मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन’ मिलेर बनेको ‘संयुक्त जनअधिकार आन्दोलन नेपाल’ले राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पीडितहरुले पुस ७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषण गरेका हुन् ।

विगतमा पीडितका मागहरुको सम्बोधन गर्न सरकार तयार हुँदासमेत गभर्नर पौडेल पीडककै पक्षमा लागेर आफूहरुलाई अन्याय गरेको संघर्ष समितिका उपाध्यक्ष मणिप्रसाद चौलागाईले जिकिर गरेका छन् ।

डा.नीलम ढुङगानाको नेतृत्वमा ०८१ असार २६ गते पारित लघुवित्त पीडितको अध्ययन प्रतिवेदन सार्वजनिक नभएको र कार्यान्वयन नगरिएकाले पीडितहरु आक्रोशित बनेको चौलागाईले बताए ।

संयुक्त जनअधिकार आन्दोलन नेपालका एकता कार्यदल सदस्य सुरेश घिमिरेले विगत चार वर्षदेखि निरन्तर आन्दोलन गर्दा पनि न्याय दिनुको सट्टा सरकारले आफूहरुलाई झन पीडित बनाएको आरोप लगाए ।

घिमिरेले वित्तीय संस्थाहरुले ऐन कानुनलाई नै मिचेर पीडितहरुलाई शोषण गरिरहेको बताउँदै भने, ‘समस्याहरु समाधान गर्न राज्यसँग छलफल हुँदै गर्दा मिटरब्याजी र बैंक, सहकारी, लघुवित्त सन्चालकहरुले लुटतन्त्र चलाइरहेको बताए । राष्ट्र बैंक नेतृत्वले चाहेमा पीडितको समस्या समाधान हुने तर गभर्नर नै पीडकको पक्षमा रहेको आरोप लगाउँदै घिमिरेले गभर्नरको राजीनामासमेत मागे ।

उनले भने, ‘सरकारले माग नसुनेपछि हाम्रा पीडित साथीहरुले गाउँगाउँमा लुटेराहरुको किल्ला भत्काउन सुरु गरिसक्नुभएको छ ।’

मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय प्रतिनिधि दामोदर ढकालले राज्य र नेपाल राष्ट्र बैंक पीडितप्रति गैरजिम्मेवार बन्दा झन समस्या बल्झिएको आरोप लगाए । दुर्गा प्रसाईले फैलाएको ‘२० लाख ऋण मिनाहा’ को भ्रमका कारणले पनि वित्तीय पीडितले न्याय नपाएको ढकालले आरोप लगाए ।

उनले जाली तमसुकहरु तत्काल रद्द नगरिए आन्दोलन चर्काएर मिटरब्याजी लुटेराहरुलाई सडकमा ल्याई नाङ्गेझार पार्ने बताए ।

सम्बन्धित खवर

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।...

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

काठमाडौँ । सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका एमाले नेता विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न...

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पुरक आरोपपत्र...

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...