बार र बेञ्च मिल्दा न्यायालयप्रति जनआस्था कायम हुन्छ : प्रधानन्यायाधीश राउत

८ पुष २०८२

बार र बेञ्च मिल्दा न्यायालयप्रति जनआस्था कायम हुन्छ : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायालयप्रति जनआस्था कायम हुने बताएका छन् ।

‘सामाजिक रूपान्तरण र समृद्धिः न्यायपालिका र बारको जनआस्थामा अभिवृद्धि’ नाराका साथ ‘बार दिवस–२०८२’ को उपलक्ष्यमा काठमाडौँ उपत्यकाका बार एशोसिएशनद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले यस्तो बताएका हुन्‌ ।

यथार्थ कुरा नबुझी सार्वजनिक स्थलमा अदालतका विषयमा कानून व्यवसायीले गलत टिप्पणी गरेर जनमानसमा भ्रम फैलाउन नहुने भन्दै राउतले गरिमा कायम गर्न ध्यान दिन पनि आग्रह गरे ।

‘पदमा रहेका व्यक्तिले जिम्मेवारपूर्वक धारणा राख्नुपर्छ, कानुन व्यवसायीले गलत धारणाका आधारमा प्रभावित पार्ने कार्य गर्नु उचित हुँदैन, न्यायपरिषद् र संवैधानिक इजलासको संरचना प्रधानन्यायाधीशले मात्रै केही गर्न सक्दैन, अदालतको जनआस्था भनेको अदालतको प्राण हो, यसका लागि विश्वास आर्जन गर्नुपर्छ’, उनले भने ।

प्रधानन्यायाधीश राउतले प्रतिबद्ध भएर मात्रै परिणाम दिन सकिने भन्दै विश्वास जन्माउन परिणाम दिनैपर्नेमा जोड दिए । उनले थपे, ‘जनआस्था भनेको विश्वास हो, अहिले देशमा विश्वास धर्मराएको छ, बार र बेञ्च मिलेर विस्वास र जनआस्था कायम राख्नुपर्छ, निष्ठापूर्वक काम गर्दा मात्रै विश्वास जन्मिन्छ ।’

सामाजिक सञ्जालमा अदालतप्रति पचाउनै नसक्ने अभिव्यक्ति सार्वजनिक भएको भन्दै प्रधानन्यायाधीश राउतले सबै मिलेर नेपाली समाजभित्रको विकृति-विसङ्गति  समाधान गुर्नपर्ने बताए ।

‘जिम्मेवारीमा रहेको व्यक्तिले संयमता र बुद्धिपूर्ण निर्णय गर्नुपर्छ, एआइ, सूचना प्रविधिको दुरुपयोग अदालतका लागि अत्यन्तै चुनौतीपूर्ण छ । सरकारमा बसेकालाई एआइको दुरुपयोगले पनि समस्या छ, अरूलाई पीडा दिएर रमाउने समाज छ, यसमा ध्यान दिनु आवश्यक छ, कानून व्यवसायी पेसालाई मर्यादित बनाउने कुरामा बारले ध्यान दिनुपर्छ, अदालत र प्रधानन्यायाधीशले के गर्नुपर्छ भन्नुस्, निष्ठा डगमगाउँदा प्रतिष्ठाले कुनै काम गर्दैन, असल अभ्यास र सुकर्मले निष्ठा कायम हुन्छ, धनदौलतले निष्ठा किन्न पाइँदैन’, प्रधानन्यायाधीश राउतले भने ।

सम्बन्धित खवर

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता...

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौँ । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन...

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए  दुई...

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

काठमाडौँ । अपहरण गरी काठमाडौँको टेकुस्थित रोडलाइन खाल्से होटलमा राखिएका एक व्यक्तिलाई प्रहरीले सकुशल...