पूर्वप्रमुख निर्वाचन आयुक्त भन्छन्– हिमाली जिल्लामा जाडो छ, दुई चरणमा चुनाव गर्ने कि ? (भिडियो)

१० पुष २०८२

पूर्वप्रमुख निर्वाचन आयुक्त भन्छन्– हिमाली जिल्लामा जाडो छ, दुई चरणमा चुनाव गर्ने कि ? (भिडियो)

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आम निर्वाचन सरकारले गर्ने नभई निर्वाचन आयोगले गर्ने बताएका छन् । सरकारले चुनावको वातावरण बनाउन आयोगलाई सहयोग मात्रै गर्ने थपलियाको भनाइ छ ।

संविधानको धारा २४६ मा राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य र स्थानीय तहका सदस्यहरुको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण निर्वाचन आयोगले गर्ने उल्लेख भएको थपिलयाले बताएका छन् ।

निर्वाचन आयोगले चुनावको तयारी के कस्तो गरिरहेको छ भन्नेबारे आम सञ्चार माध्यमले चासो राख्नुपर्ने सुझाव दिँदै थपलियाले सरकारले चुनाव गर्छ कि गर्दैन भन्ने भाष्य फेर्नुपर्ने बताए ।

सेन्टर फर पोलिसी रिसर्चले विहीबार सिनामंगलमा आयोजना गरेको पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त थपलियाले फागुन २१ गते हिमाली जिल्लामा हिउँ पर्ने हुनाले चुनाव गर्न गाह्रो हुने बताए । उनले भने, ‘त्यसैले फागुन २१ को निर्वाचन दुई चरणमा थर्ने हो कि ?’

निर्वाचनका चुनौतीहरु र पत्रकारहरुले खेल्नुपर्ने भूमिकाका विषयमा निर्वाचनसम्बन्धी जानकार एवं विज्ञ थपलियाले करिब एक घण्टा लामो मन्तव्य दिएका थिए ।

चुनावमा पालना हुनुपर्ने निर्वाचन आचार संहिता, पत्रकार आचार संहिता र सामाजिक सञ्जाल र एआईका चुनौतीहरुबारे थपलियाले आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।

थपलियाले निर्वाचनसम्बन्धी कानूनमा देखिएका कैफियतहरुको पनि खुलेर चर्चा गरे ।

फागुन २१ मा हुन लागेको निर्वाचनको सन्दर्भमा आम सञ्चारकर्मीलाई मार्गदर्शन हुने ठानेर थपलियाको मन्तव्य यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ :
भिडियो-

सम्बन्धित खवर

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जबसम्म हामी “कानुन के हो ?” भन्ने प्रश्नको सामना गर्छौं, तबसम्म विधिशास्त्रलाई बेवास्ता गर्न...

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कोटा कम भएका कारण कानून पढ्न चाहनेहरुले पढाइबाट बञ्चित रहँदै...

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

काठमाडौँ । नेपालले तिब्बतीदेखि भूटानीसम्मका हजारौँ शरणार्थीलाई दशकौँदेखि आश्रय दिँदै अन्तर्राष्ट्रिय स्तरमा मानवीय छवि...

मन्त्रीको सम्पत्ति :  कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

मन्त्रीको सम्पत्ति : कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सबै मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक भएको छ...