पूर्वप्रमुख निर्वाचन आयुक्त भन्छन्– हिमाली जिल्लामा जाडो छ, दुई चरणमा चुनाव गर्ने कि ? (भिडियो)

१० पुष २०८२

पूर्वप्रमुख निर्वाचन आयुक्त भन्छन्– हिमाली जिल्लामा जाडो छ, दुई चरणमा चुनाव गर्ने कि ? (भिडियो)

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आम निर्वाचन सरकारले गर्ने नभई निर्वाचन आयोगले गर्ने बताएका छन् । सरकारले चुनावको वातावरण बनाउन आयोगलाई सहयोग मात्रै गर्ने थपलियाको भनाइ छ ।

संविधानको धारा २४६ मा राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य र स्थानीय तहका सदस्यहरुको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण निर्वाचन आयोगले गर्ने उल्लेख भएको थपिलयाले बताएका छन् ।

निर्वाचन आयोगले चुनावको तयारी के कस्तो गरिरहेको छ भन्नेबारे आम सञ्चार माध्यमले चासो राख्नुपर्ने सुझाव दिँदै थपलियाले सरकारले चुनाव गर्छ कि गर्दैन भन्ने भाष्य फेर्नुपर्ने बताए ।

सेन्टर फर पोलिसी रिसर्चले विहीबार सिनामंगलमा आयोजना गरेको पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त थपलियाले फागुन २१ गते हिमाली जिल्लामा हिउँ पर्ने हुनाले चुनाव गर्न गाह्रो हुने बताए । उनले भने, ‘त्यसैले फागुन २१ को निर्वाचन दुई चरणमा थर्ने हो कि ?’

निर्वाचनका चुनौतीहरु र पत्रकारहरुले खेल्नुपर्ने भूमिकाका विषयमा निर्वाचनसम्बन्धी जानकार एवं विज्ञ थपलियाले करिब एक घण्टा लामो मन्तव्य दिएका थिए ।

चुनावमा पालना हुनुपर्ने निर्वाचन आचार संहिता, पत्रकार आचार संहिता र सामाजिक सञ्जाल र एआईका चुनौतीहरुबारे थपलियाले आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।

थपलियाले निर्वाचनसम्बन्धी कानूनमा देखिएका कैफियतहरुको पनि खुलेर चर्चा गरे ।

फागुन २१ मा हुन लागेको निर्वाचनको सन्दर्भमा आम सञ्चारकर्मीलाई मार्गदर्शन हुने ठानेर थपलियाको मन्तव्य यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ :
भिडियो-

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...