टेरामक्स प्रकरण : अख्तियारका टेलिकम्युनिकेसन विज्ञलाई बकपत्र गराउने विशेष अदालतको आदेश

१३ पुष २०८२

टेरामक्स प्रकरण : अख्तियारका टेलिकम्युनिकेसन विज्ञलाई बकपत्र गराउने विशेष अदालतको आदेश

काठमाडौं । नेपाल टेलिकमको टेरामक्स (TERAMOCs) प्रविधि खरीदका सन्दर्भमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत विरुद्ध परेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टेलिकम्युनिकेशन विज्ञलाई बकपत्रका लागि झिकाउने आदेश दिएको छ ।

‘यसमा मिसिल संलग्न कागज प्रमाणहरु अध्ययन गरी हेरियो’ विशेष अदालतको आइतबारको आदेशमा भनिएको छ, ‘प्रस्तुत प्रणाली खरिद प्रक्रियासँग सम्बन्धित विषयको अनुसन्धानको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नियुक्त टेलिकम्युनिकेसन विज्ञ श्री केशव ज्ञवालीलाई बुझ्नुपर्ने देखिएकाले भौतिक रुपमा वा श्रव्यदृश्य माध्यम मार्फत उपस्थित गराई बकपत्रका लागि इजलास समक्ष पेस गर्नू ।’

यसअघि टेरामक्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने गरी नेपाल दुरसञ्चार प्राधिकरणबाट ०७६ बैशाख २० गते भएको निर्णय विरुद्ध पनि ठेकेदार कम्पनीका तर्फबाट मुद्दा परेको परेको थियो । अदालतमा परेको यससम्बन्धी मुद्दामा प्रतिवादी मध्येका Vanrise solutions SAL (Offshore) ले सर्वोच्च अदालतमा ०७६ जेठ २० मा दायर गरेको उत्प्रेषण रिट निवेदन (०७५-wo-१२३५ ) माथि सर्वोच्च अदालतबाट ०७८ बैशाख १४ गते भएको आदेशको प्रमाणितप्रति समेत विशेष अदालतले झिकाउने आदेश दिएको छ ।

विशेषको आदेशमा भनिएको छ, ‘प्रस्तुत विषयसँगै सम्बन्धित देखिएको ०६९-wo-२६८ नम्बरको रिट निवेदनमा भएको आदेशको प्रमाणित प्रतिलिपि सर्वोच्च अदालतबाट मगाउनू ।’

सम्बन्धित खवर

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।...

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

काठमाडौँ । सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका एमाले नेता विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न...

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पुरक आरोपपत्र...

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...