पूर्वन्यायाधीश खतिवडा भन्छन्– तिलप्रसादमाथिको लाञ्छना लम्पसारवादको सहउत्पादन

१६ पुष २०८२

पूर्वन्यायाधीश खतिवडा भन्छन्– तिलप्रसादमाथिको लाञ्छना लम्पसारवादको सहउत्पादन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले केही न्यायकर्मीहरुमा लम्पसारवाद र लोकप्रियतावाद देखापरेको गुनासो गरेका छन्।

सर्वोच्च अदालतका बहालवाला न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि सामाजिक सञ्जालमा लगाइएको लाञ्छना यही लम्पसारवादको सहउत्पादन भएको खतिवडाको भनाइ छ।
अदालतको अवहेलनाप्रति न्यायालयको नेतृत्व उदार देखिएको हुनाले इमान्दार न्यायाधीशहरुमाथि निरन्तर प्रहार भइरहेको उनको गुनासो छ ।

हालै अदालतको अवहेलनामा कारवाही भोगेका एक विवादास्पद व्यक्तिले सामाजिक सञ्जालमा लगाएको आरोपप्रति न्यायाधीश तिलप्रसाद श्रेष्ठको प्रतिक्रिया पढेपछि पूर्वन्यायायाधीश खतिवडाले यसबारे सार्वजनिक प्रतिक्रिया दिएका हुन् ।

पूर्वन्यायायाधीश खतिवडा सामाजिक सञ्जालमा लेख्छन्, ‘माननीय न्यायाधीश तिलप्रसाद श्रेष्ठको हालैको फेसबुक भनाइ हेरें । एउटा निष्ठावान व्यक्तिले नै यसरी छानविनको खुला चुनौती दिने साहस राख्दछ । वहाँको इमान्दारिता र निष्ठामा प्रश्न उठाउनु अन्याय हो, पाप हो ।’

पूर्वन्यायाधीश खतिवडा न्यायिक नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै लेख्छन्, ‘यसका अतिरिक्त विगतमा भए गरिएका अदालतको अवहेलनाजन्य कसूरको विषयमा केही न्यायकर्मीहरुले अपनाएको लोक–रिझाइँको शैली, निरपेक्ष उदारता, विवेकहीन लम्पसारवादको सह–उत्पादन पनि हो अहिले तिलप्रसादजीउपर लगाइएको बेतुकको लाञ्छना ।’

उनी अगाडि भन्छन्, ‘कृपया स्मरण रहोस् अदालतको अवहेलनालाई हेर्ने यस्तै लम्पसारवादी र सस्तो लोकप्रियताको शैलीमा नै न्यायाधीशहरु रमाइरहने हो भने अरु कोही पनि सुरक्षित र मर्यादित रहने छैनन्, अदालत पनि अदालत जस्तो रहने छैन । आगे, पशुपतिनाथले रक्षा गरुन् !’

सर्वोच्च अदालतका न्यायायाधीश श्रेष्ठले आफूमाथि लगाइएको आरोपबारे छानबिनको माग गरेका छन् ।

यो पनि –

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि ‘साइबर बुलिङ’

 

सम्बन्धित खवर

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

काठमाडौँ । नेपालको न्याय प्रणाली मौलिक अधिकारको संरक्षण र संवर्द्धनतर्फ केन्द्रित छ । यस...

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

काठमाडौँ । पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास गुम्दै गएको र यही कारण अदालत र न्यायाधीशहरुमाथि...

जलेको अदालत, नजलेको न्याय…

जलेको अदालत, नजलेको न्याय…

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र अन्य कयौं अदालतहरु...

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

काठमाडौं । समग्र न्याय प्रणालीमाथि नै भ्रामक र कपोलकल्पित आरोप लगाएर न्याय क्षेत्रको तेजोबध...