सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि ‘साइबर बुलिङ’

१५ पुष २०८२

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि ‘साइबर बुलिङ’

काठमाडौं । अरुलाई न्याय दिने सर्वोच्च अदालतका न्यायाधीशहरु नै सामाजिक सञ्जालमा ‘साइबर बुलिङ’को शिकार बन्न थालेका छन् । पछिल्लो समय यस्तो साइबर बुलिङको शिकार बन्न पुगेका छन्– न्यायाधीश तिलप्रसाद श्रेष्ठ ।

केही दिनअघि एक विवादास्पद व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश शारंगा सुवेदी र सुनील कुमार पोखरेलको उल्टो फोटो छापेर व्यक्तिगत आरोपहरु लगाएका थिए ।

आफूले पुस २ देखि अदालतविरुद्ध आन्दोलन नै छेडेको बताउने उनै व्यक्तिले अहिले सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले एउटा रेष्टुरेन्टमा प्रभु बैंकका आरोपीलाई भेटेको दाबी गरेका छन् । उनले दाबी गरेको भनिएको भिडियोमा न्यायाधीश श्रेष्ठ रहेको पुष्टि हुँदैन ।

न्यायाधीश श्रेष्ठले प्रभु बैंकका सञ्चालकको मुद्दामा मिलेमतोका आधारमा निर्णय सुनाएको ती व्यक्तिले फेसबुकमार्फत आरोप लगाइएका छन् ।

न्यायायाधीशले गरेको कुनै पनि फैसला वा आदेशलाई लिएर समाजिक सञ्जालमा आएको यस्तो व्यक्तिगत गालीगलौचले न्यायमूर्तिहरुलाई स्वतन्त्रतापूर्वक न्याय निरुपण गर्नमा हतोत्साहित पार्ने प्रष्ट देखिएको छ ।

यसैबीच, न्यायाधीश श्रेष्ठले आफूविरुद्ध फेसबुकमा आएको विषयलाई नै सूचना मानेर छानबिन गर्न माग गरेका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत् भनेका छन्,‘मेरो सम्बन्धमा फेसबुकमा आएका विषयलाई सूचना मानी सम्बन्धित निकायबाट छानविन होस् म पूरा सहयोग गर्न तयार छु ।’

न्यायाधीश श्रेष्ठले भनेका छन्, ‘कृपया छानविनको नतिजा पनि आइदेओस् । गल्ती भएको देखिए जुनसुकै सजाय भोग्न पनि तयार छु ।’

अदालत विरुद्ध हात धोएर लाग्ने को हुन् ?

सर्वोच्च अदालत र कतिपय जिल्ला अदालतका न्यायाधीशहरुविरुद्ध सामाजिक सञ्जालमा तस्बिरसमेत राखेर व्यक्तिगत आरोपहरु लगाउने र न्यायाधीश विरुद्ध जनकारबाहीको चेतावनी दिने एकै व्यक्ति हुन्– राजकुमार तिमिल्सना ।

तिमल्सिना यसअघि सिधाकुरा डटकममा फेक अडियो प्रकरणमा अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । त्यसपछि उनी अदालतविरुद्ध हात धोएर लागेका छन् । उनले पुस २ गतेदेखि न्यायालयविरुद्ध आन्दोलनकै घोषणा गरेका छन् ।

यो पनि पढ्नुहोस्–

न्यायाधीशमाथि ‘साइबर बुलिङ’ गर्ने राजकुमार तिमल्सिना पक्राउ

पूर्वन्यायाधीश खतिवडा भन्छन्– तिलप्रसादमाथिको लाञ्छना लम्पसारवादको सहउत्पादन

न्यायाधीशमाथि ‘जनकारबाही’ गर्ने चेतावनी, के अदालतविरुद्ध आन्दोलन छेड्न पाइन्छ ?

 

‘सीधाकुरा’मा सर्वोच्चको व्याख्या : अदालतको अवहेलना र प्रेस स्वतन्त्रताको सीमा के हो ?

 

सम्बन्धित खवर

टिकटकर तुलसा अधिकारी पक्राउ, प्रहरीले थाइल्याण्डबाट नेपाल ल्यायो

टिकटकर तुलसा अधिकारी पक्राउ, प्रहरीले थाइल्याण्डबाट नेपाल ल्यायो

काठमाडौँ । सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा प्रहरी खोजी सूचीमा रहेकी फरार...

९७ लाख ठगी गरेको अभियोगमा छ जना पक्राउ

९७ लाख ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना...

‘Gen Z आन्दोलन’ भित्रै थियो हिंसात्मक योजना ? मानव अधिकार आयोगको प्रतिवेदनले खोल्यो चकित पार्ने तथ्य

‘Gen Z आन्दोलन’ भित्रै थियो हिंसात्मक योजना ? मानव अधिकार आयोगको प्रतिवेदनले खोल्यो चकित पार्ने तथ्य

काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारविरुद्ध सुशासन कायम लगायतका मागसहित जेनजी (Gen Z)...

तत्कालीन सञ्चारमन्त्री गुरुङ ‘मानव अधिकार उल्लंघनकर्ता’ : आयोग

तत्कालीन सञ्चारमन्त्री गुरुङ ‘मानव अधिकार उल्लंघनकर्ता’ : आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने कार्यमा तत्कालीन सञ्चारमन्त्री पृथ्वी...