वीरगञ्जमा साँझ ६ बजेसम्म कर्फ्यु

२२ पुष २०८२

वीरगञ्जमा साँझ ६ बजेसम्म कर्फ्यु

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षा कायम राख्न वीरगञ्जका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेशको समय थप गरेको छ । मंगलबार दिउँसो १ बजेसम्मका लागि जारी कर्फ्यु आदेश साँझ ६ बजेसम्म लागू हुने पर्सा प्रशासनले जनाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जारी आदेशअनुसार तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न निषेध गरिएको छ। कर्फ्यु क्षेत्रको पूर्वमा बसपार्क–नगवा–ईनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट तोकिएको छ।

कर्फ्यु अवधिमा अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ। उल्लंघन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

वीरगञ्ज महानगर क्षेत्रमा दुई समुदायबीच हुन सक्ने सम्भावित मुठभेडलाई लक्षित यस्ताे आदेश जारी गरिएको हो । पछिल्लो समय पर्सामा दुई समुदायबीच विरोध प्रदर्शनका कार्यक्रम हुँदै आइरहेका छन् । प्रशासनले चार किल्ला तोकेर कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधा गरेकाे हाे ।

याे पनि –

वीरगञ्ज महानगरमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा जारी

सम्बन्धित खवर

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।...

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

काठमाडौँ । सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका एमाले नेता विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न...

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पुरक आरोपपत्र...

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...