काठमाडौँ । वर्तमान जेन-जी सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध अमेरिका भ्रमणको निहुँमा मानवतस्करी गर्न खोजेको उजुरीपत्रमा उल्लेख छ ।
प्रधानमन्त्री सुशीला कार्कीले गुप्तासँग राजीनामा माग गरिसकेकी छिन् । गुप्ताले आफू अमेरिका गएर फर्केपछि राजीनामा बुझाउने बताएका खबर सार्वजनिक भइरहेका छन् ।
अमेरिका भ्रमणको बहानामा मन्त्री गुप्ताले मानवतस्करीमार्फत् नेपालीलाई अमेरिका पुर्याउने खोजेको आरोपसहित अधिवक्ता युवराज पौडेलले आयोगमा उजुरी दर्ता गरेका हुन् । साथै; अमेरिकी सरकारको अभिलेखमा नभएको कार्यक्रममा जान मन्त्री गुप्ताले नक्कली आयोजक र नक्कली निमन्त्रणापत्रको सहारा लिएको दाबी गरिएको छ ।
‘आफू मात्र नभइ सामूहिक रुपमा कार्यक्रमको नाममा अमेरिका जान खोज्नु संगठित रुपमा मानव तस्करी गर्नु हो । अतः उल्लेखित सम्पूर्ण कागजात झिकाई निज बब्लु गुप्तामाथि मानव तस्करी मुद्दामा समेत अनुसन्धान र दोषी देखिए हदैसम्म कारबाही गर्न माग गर्दछु’, उजुरीपत्रमा लेखिएको छ ।
मन्त्री गुप्ता माघ ३ गते ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेण्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रममा सहभागी हुन अमेरिका जाँदैछन् । उनको भ्रमण प्रस्तावलाई पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।
मन्त्री गुप्ताविरुद्ध अख्तियारमा दर्ता गरिएको उजुरी :


याे पनि –
न्यायालयमाथि भइरहेको साइबर हमलाप्रति सर्वोच्चको ‘एक्सन’ सुरु

