काठमाडौँ । सिराहाको कल्याणपुर नगरपालिकाका निलम्बित मेयर रामपुकार साह तेलीलाई भ्रष्टाचार मुद्दामा आधा वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय भएको छ ।
विशेष अदालतले तेलीलाई घुस लिएको अभियोगमा ६ महिना कैद, एक लाख रुपैयाँ जरिवाना गर्न र अपराध पीडित संरक्षण कोषयमा चार हजार रुपैयाँ शुल्क बुझाउन आदेश दिएको हो ।
तेलीले आर्थिक वर्ष २०८१/८२ का लागि नगरपालिकामा नाला निर्माण योजनाको भुक्तानी मिलाइदिने भन्दै उपभोक्ता समितिसँग एक रुपैयाँ घुस लिएका थिए । उक्त घुस रकम लेनदेनबारे प्राप्त सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तेलीलाई उक्त घुस रकमसहित पक्राउ गरेको थियो ।
उक्त मुद्दामा प्रतिवादी बनाइएकी, तर अदालतमा बयान फेरेकी उपभोक्ता समितिकी अध्यक्ष जशोधा कुमारीलाई भने अदालतले जानाजान भ्रष्टाचार गरेको पुष्टि हुने प्रमाण नभेटिएको जनाउँदै सफाइ दिएको छ ।
स्थानीय तह निर्वाचन, २०७९ मा नेकपा (एमाले) का तर्फबाट मेयर उम्मेदवार तेली पाँच हजार ८८३ मतसहित विजयी भएका थिए ।

