निर्वाचन आयोगले दियो गगन थापा समूहलाई वैधानिकता, अब शेरबहादुर पक्षले रुख चिन्ह नपाउने

२ माघ २०८२

निर्वाचन आयोगले दियो गगन थापा समूहलाई वैधानिकता, अब शेरबहादुर पक्षले रुख चिन्ह नपाउने

काठमाडौँ । नेपाली कांग्रेसमा देखिएको वैधानिकताको विवादले नयाँ मोड लिएको छ । निर्वाचन आयोगले शुक्रबार गगन थापा समूहलाई बैधानिकता दिएपछि अब रुख चुनाव चिन्ह शेरबहादुर देउवा समूहले नपाउने भएको छ ।

काठमाडौँमा विशेष महाधिवेशन गरेर गगन थापा सभापति बन्नुका साथै नयाँ कार्यसमिति बनाएका थिए । त्यसलगत्तै आयोगमा दुबै पक्ष आयोगमा आ–आफ्नो दाबी लिएर गएका थिए ।

तर, आयोगका पदाधिकारीको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार गगन थापा समूहको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई आयोगमा अभिलेखीकरण गर्ने निर्णय गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

निर्वाचन आयोगले यही माघ ६ गते प्रतिनिधिसभा सदस्यको उम्मदेवारी मनोनयनको मिति तोकेको छ । अब उक्त मितिमा उम्मेदवारी दिँदा नेपाली कांग्रेसको आधिकारिक नाम, झण्डा र चुनाव चिन्ह रुख गगन थापा सभापति रहेको समूहले पाउने छ । शेरबहादुर देउवा पक्षले भने दलको मान्यता नपाएको हुँदा स्वतन्त्र उम्मेदवारी दिनुपर्ने हुन्छ ।

अब स्वयं शेरबहादुर देउवाले डडेलधुरामा चुनाव लड्दा स्वतन्त्र उम्मेदवारका रुपमा लड्नुपर्ने हुन्छ । त्यस्तै, पूर्णबहादुर खड्काले सुर्खेतमा स्वतन्त्र उम्मेदवार बन्नुपर्ने अवस्था आएको छ ।

तर, शेरबहादुर देउवा पक्षसँग सर्वोच्च अदालत जाने ढोका चाहिँ बन्द भएको छैन । निर्वाचन आयोगको निर्णय चित्त नबुझे देउवा पक्ष सर्वोच्च अदालत जान सक्छ । अदालतले माघ ६ अगावै निर्वाचन आयोगको निर्णयलाई बदर गरेन भने शेरबहादुर देउवा लगायतको वैधानिक पहिचान गुम्ने निश्चित भएको छ ।

हुन त शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर देउवा पक्षका नेता पूर्णबहादुर खड्काले आयोगबाट मान्यता नपाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए । तर, निर्वाचनको प्रक्रिया अघि बढिसकेको अवस्थामा आन्दोलन भए पनि फागुन २१ को चुनाव नसर्ने सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।

 

सम्बन्धित खवर

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यसूची सार्वजनिक गरेको...

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

काठमाडौँ । पछिल्लो समय मान्छेभन्दा एआई बुद्धिमान छ भनेर कतिपयले दाबी गर्छन् । तर,...

अमेरिका-इरान द्वन्द्वको नयाँ चरण : नाकाबन्दी सुरु, भारतमा कस्तो प्रभाव पर्ला ?

अमेरिका-इरान द्वन्द्वको नयाँ चरण : नाकाबन्दी सुरु, भारतमा कस्तो प्रभाव पर्ला ?

काठमाडौँ । अमेरिका र इरानबीच दुईहप्ते युद्धविराम औपचारिकरूपमा कायम रहे पनि इस्लामावाद वार्ता असफल...

पाकिस्तानतिर ढल्किएको विश्वको शक्ति सन्तुलन, भारत भूमिकाविहीन बन्दै

पाकिस्तानतिर ढल्किएको विश्वको शक्ति सन्तुलन, भारत भूमिकाविहीन बन्दै

अप्रिल ८ मा अमेरिका, इरान र इजरायलबीच घोषणा गरिएको दुई हप्ते युद्धविरामले मध्यपूर्व र...