सर्वोच्चले शेरबहादुर देउवाको पक्षमा दिएन अन्तरिम आदेश

६ माघ २०८२

सर्वोच्चले शेरबहादुर देउवाको पक्षमा दिएन अन्तरिम आदेश

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले गगन थापालाई आधिकारिकता नदिनका लागि अन्तरिम आदेशको माग गरेकोमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले देउवाको मागबजोजिम अन्तरिम आदेश जारी नगरेपछि गगन थापा पक्षलाई प्रतिनिधिसभाको उम्मेदवारी मनोनयनमा मार्ग प्रशस्त भएको छ ।

निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता दिएपछि उक्त निर्णय बदरको माग गर्दै शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत गएको थियो । तर, अदालतले मंगलबारको सुनुवाईमा देउवाको माग अनुसारको अन्तरिम आदेश जारी गरेन ।

तर, अदालतले देउवाको रिटमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै यो रिटलाई अग्राधिकारको सूचीमा राखेर चाँडो सुनुवाई गर्ने आदेश दिएको छ ।

 

 

सम्बन्धित खवर

स्वतन्त्र न्यायपालिकाको ओज

स्वतन्त्र न्यायपालिकाको ओज

लोकतन्त्रको मेरुदण्ड, नागरिक अधिकारको रक्षक र संविधानको व्याख्याताका रूपमा न्यायपालिकाको भूमिका सर्वोपरी हुन्छ ।...

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

काठमाडौँ । अमेरिकी संसद अन्तर्गत कार्य गर्ने कंग्रेसनल रिसर्च सर्भिस (CRS) ले आफ्ना देशका...

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

काठमाडौँ । यतिबेला सुन र सरकारको चर्चा सामाजिक सञ्जालमा व्यापक छ । प्रधानमन्त्री र...

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् । गत चैत...