सूचना प्रविधिमा जोडिँदै अदालत : झापाबाट धनकुटा इजलासमा भर्चुअल बहस

६ माघ २०८२

सूचना प्रविधिमा जोडिँदै अदालत : झापाबाट धनकुटा इजलासमा भर्चुअल बहस

झापा । उच्च अदालत विराटनगर, धनकुटा इजलासमा मंगलबार पहिलोपटक झापा जिल्ला अदालतबाट भर्चुअल बहस (श्रव्यदृश्य सुनुवाइ)भएको छ ।

धनकुटा इजलासका न्यायाधीश कृष्णलाल भट्टराई र मीना गौतम सेढाईको संयुक्त इजलासमा झापा बार महिला समिति अध्यक्ष एवं झापा बारकी सहसचिव अधिवक्ता सानु कार्की बस्नेतले अनलाइन बहस कक्षबाट भर्चुअल बहस गरिन् ।

मुद्दाका पक्ष र कानुन व्यवसायीहरु इजलासमक्ष भौतिक उपस्थिति बिनै भर्चुअल बहस गर्ने प्रचलन यसअघि कोभिड–१९ महामारीको समयमा शुरु गरिएको थियो ।

सर्वोच्च र उच्च अदालतहरुमा ०७७/७८ देखि यो विधि अभ्यासमा ल्याइएको थियो। त्यसयता यसले खासै निरन्तरता पाउन सकिरहेको छैन ।

भर्चुअल सुनुवाईको विधि

भर्चुअल सुनुवाईमा अदालतले युजर आइडी र पासवर्ड सम्बन्धित बार वा कानुन व्यावसायीको इमेल मार्फत जानकारी गराउनेछ ।

प्रचलित कानुनबमोजिम जारी गरिने पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जीको स्वीकृति, हिरासतमा वा निगरानी कक्षमा राख्ने आदेश, थुनछेकसम्बन्धी कार्य, बयान, बकपत्र र बहस पैरवी नेपालभरमा जहाँबाट पनि उच्च अदालतहरुमा श्रव्यदृश्य (भर्चुअल ) मार्फत बहस गर्न सकिन्छ ।

भर्चुअल सुनुवाइ भइरहेको समयमा पालना गर्नुपर्ने केही नियमहरु छन् । जस्तै– 

  • कानुन व्यवसायीहरु तोकिएको पोसाकमा इजलासको मर्यादा कायम हुने गरी सहभागी हुनुपर्छ ।
  • बहसको समयमा प्रत्यक्ष इजलासमा अनुशासन र मर्यादा कायम राख्नुपर्छ ।
  • बन्द इजलासबाट सुरु हुने मुद्दामा सम्बन्धित कानुन व्यवसायी र मुद्दाको पक्ष स्वयंबाहेक अरूलाई प्रवेश अनुमति दिनुहुँदैन ।
  • मुद्दाको सुनुवाइमा सान्दर्भिक कुराबाहेक अरू केही गर्न पाइनेछैन । मुद्दाको पालो आउने समयको व्यवस्था गरी कानुन व्यवसायी यथा समयमा भिडियो स्क्रिनमा उपस्थित हुनुपर्छ ।
  • इजलासको गतिविधि अन्यत्र सेयर गर्न पाइँदैन ।
  • इजलास बसिरहेका बेलामा तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्न पाइँदैन । इजलासमा भएको गतिविधि रेकर्ड गर्न र प्रचार–प्रसार गर्न पाइँदैन ।
  • बहस गर्दा तोकिएको स्थानमा उभिएर प्रत्यक्ष इजलासमा जस्तै बहस गर्ने रीतसँगै गर्नुपर्छ ।

सम्बन्धित खवर

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जबसम्म हामी “कानुन के हो ?” भन्ने प्रश्नको सामना गर्छौं, तबसम्म विधिशास्त्रलाई बेवास्ता गर्न...

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कोटा कम भएका कारण कानून पढ्न चाहनेहरुले पढाइबाट बञ्चित रहँदै...

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

काठमाडौँ । नेपालले तिब्बतीदेखि भूटानीसम्मका हजारौँ शरणार्थीलाई दशकौँदेखि आश्रय दिँदै अन्तर्राष्ट्रिय स्तरमा मानवीय छवि...

मन्त्रीको सम्पत्ति :  कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

मन्त्रीको सम्पत्ति : कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सबै मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक भएको छ...