काठमाडौं र सर्वोच्च अदालतमा एकैदिन तीन चर्चित मुद्दाको पेशी

११ माघ २०८२

काठमाडौं र सर्वोच्च अदालतमा एकैदिन तीन चर्चित मुद्दाको पेशी

काठमाडाैँ । आइतबार काठमाडौं जिल्ला अदालत र सर्वोच्च अदालतमा तीन चर्चित मुद्दाहरूको सुनुवाइ सुरु हुँदैछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसहित उच्च पदस्थ व्यक्तिविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ काठमाडौं जिल्ला अदालतमा भइरहेको छ । जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा संगठित अपराध, किर्ते, ठगी र राज्यविरुद्धको कसुरसम्बन्धी अभियोगमा दायर मुद्दामा सुनुवाइ हुँदैछ। यो मुद्दामा पूर्व उपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वसचिव, पूर्वसांसददेखि गिरोहका बिचौलियासम्म गरी दर्जनौँ अभियुक्तहरू प्रतिवादी छन्।

त्यस्तै, वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेसहित तीन जनाविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ। घुस प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भई सजाय सुनाइएकाहरूले पुनरावेदन गरेपछि सर्वोच्च अदालतमा आज आइतबार सुनुवाइ सुरु भएको हो ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा पनि आज नै सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। अभियोग संशोधनको निर्णयलाई गैरकानुनी भन्दै बदर माग गरिएको रिटमा संयुक्त इजलासले सुनुवाइ गर्न लागेको हो।

याे पनि- जलेकाे मिसिल प्राप्त नहुँदा फेरि सर्याे भुटानी शरणार्थी प्रकरणको सुनुवाइ

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...