‘नगद वितरण गरेकाे’ आरोपमा धनकुटामा एमाले उम्मेदवार राईविरुद्ध उजुरी

११ माघ २०८२

‘नगद वितरण गरेकाे’ आरोपमा धनकुटामा एमाले उम्मेदवार राईविरुद्ध उजुरी

धनकुटा । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राईविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपसहित उजुरी परेको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार जिल्ला सभापति दिनेश राईले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेबाट उम्मेदवार रहेका राईले मतदाता प्रभावित पार्ने गरी नगद वितरण गरेको दाबी गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरिएको हो ।

उजुरीमा सहिदभूमि गाउँपालिकाकी बासुरीवादक तीर्थकुमारी राईलाई नगदसहित सम्मान गरिएको विषयलाई आचारसंहिता विपरीत कार्य लेखिएको छ । कार्यक्रममा एमाले नेता तथा गाउँपालिका अध्यक्ष मनोज राईले पनि नगद सहयोग गरेको उल्लेख छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षलाई छलफलका लागि बोलाइएको र प्रमाणका आधारमा निर्णय गरिने जनाएको छ । आचारसंहिता उल्लंघन पुष्टि भए उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने कार्यालयले जानकारी दिएको हो ।

सम्बन्धित खवर

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता...

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौँ । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन...

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए  दुई...

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

काठमाडौँ । अपहरण गरी काठमाडौँको टेकुस्थित रोडलाइन खाल्से होटलमा राखिएका एक व्यक्तिलाई प्रहरीले सकुशल...