उम्मेदवारी खारेजी विरुद्धको रिटमा रेशमले पाएनन्‌ अन्तरिम आदेश

२३ असार २०८३

उम्मेदवारी खारेजी विरुद्धको रिटमा रेशमले पाएनन्‌ अन्तरिम आदेश

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि दायर रिटमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले  अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

चौधरीले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन निम्ति कैलाली क्षेत्र नम्बर-१ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले माघ ८ गते (गत बिहीबार) खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध चौधरीले सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीद्वारा दायर रिटमा आयोगसँग लिखित जवाफ माग्न र अन्तरिम आदेशका विषयमा छलफल गर्न दुबै पक्षलाई उपस्थित हुन बोलाउन आदेश दिए पनि चौधरीको मागबमोजिम अन्तरिम आदेश नदिएको हो ।

टीकापुर हत्याकाण्डमा आरोपित चौधरी यसअघि नै तीन तहका अदालतबाट दोषी ठहर भएका थिए । अदालतबाट दोषी ठहर भएको आधारमा आयोगले चौधरीको उम्मेदवारी खारेज गरिदिएको थियो ।

यो पनि –

काठमाडौं र सर्वोच्च अदालतमा एकैदिन तीन चर्चित मुद्दाको पेशी

सम्बन्धित खवर

उपाधि नै नलिई डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

उपाधि नै नलिई डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नक्कली डाक्टरमाथि कानून कारबाही हुने चेतावनी दिएको छ । शून्य...

देशको कार्यकारी प्रमुखले विबन्धन र इहलेन घोषणा बिर्सिँदा के हुन्छ ?

देशको कार्यकारी प्रमुखले विबन्धन र इहलेन घोषणा बिर्सिँदा के हुन्छ ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले अहिले नेपाली राजनीति मात्रै होइन,...

जब डाक्टरले नै गणतन्त्र आएको बिर्सिए…

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले यही जेठ ७ मा `व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको...

बाँदर आतङ्क नियन्त्रण गर्नुपर्ने माग : कस्तो छ कानूनी प्रावधान ?

बाँदर आतङ्क नियन्त्रण गर्नुपर्ने माग : कस्तो छ कानूनी प्रावधान ?

काठमाडौँ । प्रतिनिधि सभामा स्वतन्त्र सांसद महावीर पुन, आशिका तामाङ, आरेन राईलगायतका सांसदहरूले कृषि...