जलेकाे मिसिल प्राप्त नहुँदा फेरि सर्‍यो भुटानी शरणार्थी प्रकरणको सुनुवाइ

११ माघ २०८२

जलेकाे मिसिल प्राप्त नहुँदा फेरि सर्‍यो भुटानी शरणार्थी प्रकरणको सुनुवाइ

काठमाडौँ । आइतबार काठमाडौँ जिल्ला अदालतमा पेसी ताेकिएकाे नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसम्बन्धी चर्चित मुद्दाको सुनुवाइ फेरि सरेको छ । अदालतको मिसिल भदाै २४ गतेकाे आगलागीमा जलेर पूर्ण रूपमा प्राप्त हुन नसकेपछि आइतबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रमाण झिकाउने आदेश जारी गरेको हो ।

जिल्ला अदालतका अनुसार जलेका मिसिलमध्ये केही वादी–प्रतिवादीका कागजात प्राप्त नभएकाले सात दिनभित्र सबै मिसिल संकलन गरी पुनः सुनुवाइका लागि पेसी चढाउन आदेश दिइएको छ। सबै कागजात प्राप्त भएपछि अर्को मितिमा अन्तिम सुनुवाइ तोकिने अदालतले जनाएको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थ व्यक्तिविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधसम्बन्धी अभियोगमा दायर मुद्दा करिब साढे दुई वर्षदेखि विचाराधीन अवस्थामा छ ।

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...