संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा कालिका खड्का

जस नेपाल

१३ माघ २०८२

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा कालिका खड्का

काठमाडौँ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा कालिका खड्का सर्वसम्मत निर्वाचित भएकी छन् ।

नेपाल बार एसोसियसनको सभाहलमा मंगलबार आयोजित साधारणसभाले सर्वसम्मतरूपमा खड्कालाई अध्यक्षमा पुन: निर्वाचित गरेको हो ।  राष्ट्रिय समाचार समिति (रासस) मा समाचारदाता रहेकी खड्का यसअघि पनि मञ्चको अध्यक्ष थिइन् ।

साधारणासभाले खड्काको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा भाषा शर्मा (नेपाल न्यूज), महासचिवमा निराजन पौडेल (रातोपाटी) र कोषाध्यक्षमा शिल्पा कर्ण (नयाँ पत्रिका)   सर्वसम्मत चुनिएका छन् ।

त्यसैगरी सदस्यमा अर्जुन श्रेष्ठ (रेडियो नेपाल), सविन धमला (नान), मदन ढुङ्गाना (लोकपथ), दिनेश गौतम (अन्नपूर्ण) र किरण पौडेल (कान्तिपुर टीभी) चयन भएका छन् ।

साधारण सभाले महासचिवको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन छलफलसहित पारित गरेको छ ।

साधारणसभाको उद्घाटनसत्रमा मञ्चका स‌ंस्थापक एव‌ं अग्रज पत्रकार कृष्णमुरारी भण्डारीले अदालतबाट हुने आदेश र फैसलालाई गहनरूपमा अध्ययन गरेर कमीकमजोरी भएमा सुझावसहित कानुन बिटका पत्रकारहरूले समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

मञ्चका पूर्व अध्यक्ष यम विरहीले जेनजी आन्दोलनपछि न्यायालय एक प्रकारले शिथिल भएको अवस्थामा सञ्चारमाध्यमले संवेदनशील भएर काम गर्नुपर्ने बताए ।

जस नेपाल डटकमका प्रधानसम्पादक अरुण बरालले संवैधानिक तथा न्यायिक क्षेत्रमा काम गर्ने पत्रकारहरुले अदालती रिपोर्टिङका साथै अर्धन्यायिक निकाय र स्थानीय न्यायिक समितिसम्म रिपोर्टिङ गर्न सक्नुपर्नेमा जोड दिए।

संवैधानिक र कानुनी विषयमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको यो संस्था २०६१ सालमा विधिवत दर्ता भएको हो । हाल यस संस्थामा ५५ जना कानून बिटका पत्रकारहरु आवद्ध छन् ।

सम्बन्धित खवर

विशेष अदालतद्वारा ‘फैसलाहरूको संगालो २०८३’ विमोचन

विशेष अदालतद्वारा ‘फैसलाहरूको संगालो २०८३’ विमोचन

काठमाडौँ । विशेष अदालतले आज श्रावण १ गते पुस्तक विमोचन तथा संचारकर्मीहरूसँग भेटघाट कार्यक्रम...

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पुरक आरोपपत्र...

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ,  एआईको स्वामित्व लिने हैन

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ, एआईको स्वामित्व लिने हैन

अब यो कुरा स्पष्ट भइसकेको छ कि सरकारले एआई उद्योगलाई आकार दिने जिम्मेवारी लिनुपर्छ।...