सहकारी डुबाउनेमाथि कडा कारवाही हुनुपर्छ : मन्त्री इङनाम

१४ माघ २०८२

सहकारी डुबाउनेमाथि कडा कारवाही हुनुपर्छ : मन्त्री इङनाम

काठमाडौँ । समस्याग्रस्त सहकारीहरुको समस्या चाँडै छिनोफानो हुनुपर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङ्नामले बताएका छन् । उनले सहकारी डुबाउनेहरुमाथि कडा कारवाही हुनुपर्ने समेत बताएका छन् ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री इङ्नामले केही सहकारीले गैरकानुनी काम गरेर बचतकर्ता र ऋणीहरुलाई समेत समस्यामा पारेको बताए ।

समयमा नै सहकारी नियमन गर्ने निकायले वेवास्ता गरेको र राम्रोसँग स्वनियमन हुन नसक्दा केही सहकारीहरु समस्याग्रस्त बनेको उनले बताए । कानुन उल्लंघन गरेर सहकारी डुबाउनेहरुमाथि कडा कारवाही हुनुपर्नेमा मन्त्री इङनामले जोड दिए ।

मन्त्री इङ्नामले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कामकारवाहीप्रति पनि असन्तुष्टि जनाए । समस्याग्रस्त समितिको अहिलेको कामले सयौं बर्षसम्म पनि समस्या समाधान नहुने उनको भनाइ छ । मन्त्री इङनामले एकैपल्ट एक हजारभन्दा बढी यस्ता समितिहरू गठन गर्नसकेमात्रै पीडितले छिटो न्याय पाउन सक्ने बताए ।

गत बर्ष माघ १४ गते स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालसम्म ५ हजार ३५० वटा सहकारी संस्थाहरुको अभिलेखीकरण प्रक्रियामा रहेको जनाएको छ । प्राधिकरणमा प्राप्त उजुरीहरुलाई अध्ययन र छानविनका साथ समस्या समाधान गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणले जानकारी दिएको छ ।

सम्बन्धित खवर

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

काठमाडौँ ।  इजिप्ट फुटबल फेडेरेसन (ईएफए) ले फिफामाथि औपचारिक रुपमा उजुरी दायर गरेको छ।...

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

मानिसहरु मिटरब्याजको समस्यामा कसरी फस्छन् ? म आफैँ पनि पीडित मान्छे भएको हुनाले मलाई...

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

नेपाली समाजमा हामीलाई साहु महाजनले ठगे । गाउँ–शहरमा तिनै साहु महाजनलाई साथ सहयोग पुर्‍याउन...

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

संविधानको प्रस्तावनामा समाजवाद लेखिएको छ। सामाजिक न्याय पनि लेखिएको छ। सत्तारूढ दल रास्वपाले सामाजिक...