२६७ नेपाली कैदीलाई आममाफी दिने यूएईकाे निर्णय

जस नेपाल

१८ माघ २०८२

२६७ नेपाली कैदीलाई आममाफी दिने यूएईकाे निर्णय

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले ५४औँ राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।

उक्त निर्णयप्रति नेपाल सरकारले यूएई सरकारलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा आममाफीको निर्णयलाई नेपाल–यूएई सम्बन्धमा आपसी मित्रता, सद्भाव र मानवीय सहयोगको सकारात्मक संकेतका रूपमा उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार आबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको समन्वयमा पटक–पटक गरेको कूटनीतिक पहलपछि यूएई सरकारले आममाफी दिने निर्णय गरेको हो ।

आममाफी प्राप्त गरेका नेपाली नागरिकमाथि अन्य कानुनी प्रक्रिया वा प्रतिबन्ध बाँकी नरहेको खण्डमा यूएईको कानुनअनुसार आवश्यक औपचारिकता पूरा गरी स्वदेश फर्कन सक्ने जनाइएको छ । परराष्ट्र मन्त्रालयले यूएईमा रहेका नेपाली नागरिकको हकहितका विषयमा कूटनीतिक पहललाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।

सम्बन्धित खवर

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

काठमाडौँ ।  इजिप्ट फुटबल फेडेरेसन (ईएफए) ले फिफामाथि औपचारिक रुपमा उजुरी दायर गरेको छ।...

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

मानिसहरु मिटरब्याजको समस्यामा कसरी फस्छन् ? म आफैँ पनि पीडित मान्छे भएको हुनाले मलाई...

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

नेपाली समाजमा हामीलाई साहु महाजनले ठगे । गाउँ–शहरमा तिनै साहु महाजनलाई साथ सहयोग पुर्‍याउन...

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

संविधानको प्रस्तावनामा समाजवाद लेखिएको छ। सामाजिक न्याय पनि लेखिएको छ। सत्तारूढ दल रास्वपाले सामाजिक...