काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी रिट सर्वोच्च अदालतमा साेमबार सुनुवाइ हुन नसकी हेर्न नमिल्ने सूचीमा परेको छ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिए पनि उक्त रिटमा सुनुवाइ भएन। अदालतले कारणसहित मुद्दालाई हेर्न नमिल्नेमा राखेको हो।
पूर्व महान्यायाधिवक्ता दीनमणि पोखरेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको विषयलाई चुनौती दिँदै अधिवक्ता युवराज सफलले २०७९ चैत २० गते रिट दायर गरेका थिए। रिटमा अमेरिकी नागरिकता रहेको अवस्थामा नेपाली राहदानी लिएको विषय राहदानी ऐन विपरीत भएको दाबी गरिएको छ।
साथै मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म लामिछानेलाई नेपाली नागरिकका हैसियतमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश जारी गर्नुपर्ने माग पनि रिटमा समेटिएको छ।

याे पनि – रवि लामिछानेविरुद्धकाे राहदानी दुरुपयोग मुद्दा सर्वोच्च अदालतको पेशीमा
ताजा अपडेट
प्रतिनिधि सभा : सरेको सर्यै, सरेको सर्यै…
१३ असार २०८३सर्वोच्च अदालत र पत्रकारबीच अन्तरक्रिया
१२ असार २०८३
