सर्वोच्चमा जल्नबाट जोगिएका पुराना किताव बिक्रीमा

जस नेपाल

२१ माघ २०८२

सर्वोच्चमा जल्नबाट जोगिएका पुराना किताव बिक्रीमा

काठमाडौँ । सर्वोच्च अदालतमा सेतो पालभित्र राखिएका पुराना पुस्तक र पत्रपत्रिकाहरुको विक्री खुला गरिएको छ ।

गत भदौ २४ गते सर्वोच्च अदालत जल्दा धेरै कागजात र किताबहरु नष्ट भएता पनि केही पुराना किताब र पत्रपत्रिकाहरु बचेका छन् । ती बचेका किताब र पत्रपत्रिका सस्तो मूल्यमा विक्रीका लागि खुला गरिएको अदालत स्रोतले जानकारी दिएको छ ।

कानूनका विद्यार्थी, कानून व्यवसायी ट एवं सर्वसाधारणले सेतो पालभित्र छरपस्ट राखिएका पुस्तक र पत्रपत्रिकाहरु अति सस्तो मूल्यमा किनेर लैजान सक्ने प्रबन्ध अदालतले गरेको छ ।

आफूलाई उपयुक्त लागेका सामग्रीहरु संकलन गरी बिल काटेर खरीद गर्न पाइने व्यवस्था अदालतले गरेको छ ।

विक्रीका लागि खुला गरिएका किताब र पत्रपत्रिकाहरुमा सर्वोच्च अदालतका ऐतिहासिक निर्णयहरु, अदालतका पञ्चवर्षीय योजनासम्बन्धी सामग्री, कानूनी पत्रिकाका एवं फौजदारी र देवानी कानूनसँग सम्बन्धित सामग्रीहरु रहेका छन् ।

सम्बन्धित खवर

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यसूची सार्वजनिक गरेको...

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

काठमाडौँ । पछिल्लो समय मान्छेभन्दा एआई बुद्धिमान छ भनेर कतिपयले दाबी गर्छन् । तर,...

अमेरिका-इरान द्वन्द्वको नयाँ चरण : नाकाबन्दी सुरु, भारतमा कस्तो प्रभाव पर्ला ?

अमेरिका-इरान द्वन्द्वको नयाँ चरण : नाकाबन्दी सुरु, भारतमा कस्तो प्रभाव पर्ला ?

काठमाडौँ । अमेरिका र इरानबीच दुईहप्ते युद्धविराम औपचारिकरूपमा कायम रहे पनि इस्लामावाद वार्ता असफल...

पाकिस्तानतिर ढल्किएको विश्वको शक्ति सन्तुलन, भारत भूमिकाविहीन बन्दै

पाकिस्तानतिर ढल्किएको विश्वको शक्ति सन्तुलन, भारत भूमिकाविहीन बन्दै

अप्रिल ८ मा अमेरिका, इरान र इजरायलबीच घोषणा गरिएको दुई हप्ते युद्धविरामले मध्यपूर्व र...