जनकपुरधाममा आचारसंहिता उल्लङ्घन गर्ने १ हजार ५ सय बढी सामग्री हटाइयो

जस नेपाल

२५ माघ २०८२

जनकपुरधाममा आचारसंहिता उल्लङ्घन गर्ने १ हजार ५ सय बढी सामग्री हटाइयो

धनुषा । जनकपुरधाम क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीत सार्वजनिक स्थानमा टाँसिएका पोस्टर, ब्यानर, स्टिकर तथा झण्डा हटाइएको छ । निर्वाचन कार्यालयमा पटकपटक उजुरी परेपछि सम्बन्धित राजनीतिक दल र उम्मेदवारलाई आफैँ प्रचार सामग्री हटाउन आग्रह गरिएको थियो ।

उक्त आग्रहको बेवास्ता भएपछि शनिबार जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र अनुगमन गर्दै एक हजार ५०० भन्दा बढी अवैध प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सार्वजनिक स्थान, बिजुलीका पोल, पर्खाल तथा सरकारी संरचनामा टाँसिएका प्रचार सामग्री निर्वाचन आचारसंहिताविपरीत ठहरिएका हुन् । अनुगमनका क्रममा सबैभन्दा बढी आचारसंहिता उल्लङ्घन गर्ने दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।

निर्वाचन कार्यालयले आचारसंहिता पालना नगर्ने दल तथा उम्मेदवारमाथि कानुनी कारबाही हुनसक्ने चेतावनी पनि दिएकाले नियमित अनुगमन भइरहेको उनले बताए ।

साथै निष्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार बन्न स्थानीय प्रशासन, प्रहरीलगायत सरोकार भएका निकायले आग्रह गरेका छन् । प्रशासनले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने र उल्लङ्घन दोहोरिए कडा कारबाही गर्ने स्पष्ट पारेको छ ।

सम्बन्धित खवर

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

काठमाडौँ । यतिबेला सुन र सरकारको चर्चा सामाजिक सञ्जालमा व्यापक छ । प्रधानमन्त्री र...

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् । गत चैत...

मन्त्रीको सम्पत्ति :  कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

मन्त्रीको सम्पत्ति : कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सबै मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक भएको छ...

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

प्रधानन्यायाधीशको नियुक्ति : सपना प्रधानको विकल्प खोज्न मिल्छ ?

काठमाडौँ । सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीशको पद रिक्त अवस्थामा छ । चैत १८ गतेदेखि...