मुद्दा ई-फाइलिङमा कपी-पेस्ट हस्ताक्षर प्रयोग नगर्न निर्देशन

जस नेपाल

२३ असार २०८३

काठमाडौँ । सूचना-प्रविधिको विकाससँगै केही दशकयता विकासशील मलुकमा पनि विद्युतीय शासन (ई-गभर्न्यान्स) बढ्दो छ । यतिसम्म कि; अदालतमा मुद्दा दर्ता गर्न पनि फाइल बोकेर कुदिरहनु पर्दैन, विद्युतीय माध्यमबाटै रितपूर्वक मुद्दा दायर गर्न सकिन्छ ।

तर, सूचना-प्रविधिको प्रयोग गर्दा न्याय सम्पादनजस्तो संवेदनशील काममा प्राविधिक छिद्रहरूका कारण समस्या हुने गरेको सुनिन्छ । यही समस्या समाधान गर्नेगरी भारतको एक उच्च अदालतले महत्वपूर्ण आदेश दिएको छ ।

केरल उच्च अदालतले ई-फाइलिङ (विद्युतीय माध्यमबाट उजुरी दर्ता) मार्फत दर्ता गरिने निवेदन वा कागजातहरूमा हस्ताक्षर कपी-पेस्ट गर्ने अभ्यासप्रति कडा चेतावनी दिएको हो । अदालतले यस्तो कार्य ‘अदालतका लागि इलेक्ट्रोनिक फाइलिङ नियम (केरल), २०२१’ को उल्लङ्घन भएको ठहर गरेको छ ।

न्यायाधीश एम.ए. अब्दुल हकिमले अधिवक्ता र सम्बन्धित पक्षहरूले हस्ताक्षर स्क्यान गरेर अन्यत्र टाँस्ने (कपी-पेस्ट) गरी कागजात अपलोड गर्न नपाउने स्पष्ट पारेका हुन्‌ ।

अदालतको निर्देशन

अदालतका अनुसार, यदि २०२१ को नियम बमोजिम डिजिटल हस्ताक्षर उपलब्ध छैन भने, कागजातका प्रत्येक पृष्ठमा निवेदक र उनीहरूका अधिवक्ताले अनिवार्य रूपमा भौतिक रूपमा हस्ताक्षर गर्नुपर्नेछ । त्यसपछि मात्र ती कागजात स्क्यान गरेर अपलोड गर्नुपर्नेछ ।

अदालतले भनेको छ, ‘नियमअनुसार अधिवक्ता वा पक्षहरूले हस्ताक्षर कपी-पेस्ट गरिएका कागजात स्क्यान र अपलोड गर्न पाउने छैनन् । विद्युतीय माध्यमबाट फाइल गरिने सबै निवेदनहरू स्क्यान गर्नुअघि सम्बन्धित पक्ष र अधिवक्ताद्वारा भौतिक रूपमा हस्ताक्षरित हुनुपर्छ ।’

यसका साथै, रजिस्ट्री वा अदालतले आवश्यक ठानेको खण्डमा प्रमाणीकरणका लागि अधिवक्ताहरूले सक्कल हस्ताक्षरित कागजातहरू सुरक्षित राख्नुपर्ने निर्देशन पनि जारी भएको छ ।

किन आयो यस्तो आदेश ?

अदालतले एउटा निवेदन र शपथपत्रमा हस्ताक्षर र छापहरू भौतिक रूपमा गर्नुको साटो कपी-पेस्ट गरिएको फेला पारेपछि यो आदेश जारी गरेको हो ।

अदालतले रजिस्ट्रीलाई स्पष्ट निर्देशन दिँदै हस्ताक्षर कपी-पेस्ट गरिएको आशंका लागेमा त्यस्ता निवेदनहरू स्वीकार नगर्न भनेको छ । यदि कुनै शंका उत्पन्न भएमा अधिवक्ता वा पक्षले सक्कल कागजात पेस गरेर मात्र प्रक्रिया अघि बढाउन सक्नेछन् ।

यो आदेश ‘म्याट एग्रो प्रोडक्ट्स प्रालि’ ले आफ्नो बैंक खातासँग जोडिएको फोनपे वालेट रोक्का गर्ने निर्णयविरुद्ध दायर गरेको निवेदनको सुनुवाइका क्रममा आएको हो ।

अदालतले साइबर ठगीका मामिलामा नक्कली व्यक्तिहरूले निवेदन दर्ता नगरुन् भन्नका लागि पनि यस्तो प्रक्रियागत सुरक्षा अपनाउनु आवश्यक रहेको पनि बताएको छ ।

सम्बन्धित खवर

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

बाजुरा र हुम्लाको साँध विवाद : प्राविधिक अध्ययन गर्न सरकारी समिति गठन

काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सिमाना (साँध) सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी...

दरबार हत्याकाण्डको फाइल २६ वर्षपछि खोलेर सरकारले के खोज्दैछ ?

दरबार हत्याकाण्डको फाइल २६ वर्षपछि खोलेर सरकारले के खोज्दैछ ?

काठमाडौँ । वर्तमान सरकारले नेपालको आधुनिक इतिहासकै सबैभन्दा रहस्यमय र चर्चित घटनामध्ये एक मानिने...

बजेट के हो ? अर्थमन्त्री वाग्लेले कुन कानून समातेर ल्याउँदैछन्‌ बजेट ?

बजेट के हो ? अर्थमन्त्री वाग्लेले कुन कानून समातेर ल्याउँदैछन्‌ बजेट ?

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४...