काठमाडौँ । २०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले आइतबार( २०८२ फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आइतबार जाँचबुझ आयोगका पदाधिकारीहरुले प्रतिवेदन बुझाएका हुन् ।
आयोगका सदस्यले दिएको जानकारी अनुसार प्रतिवेदन करिब १० हजार पृष्ठको रहेको छ । जाँचबुझका क्रममा करीब २ सय जनासँग वयान कागज गराइएको छ ।
भदौ २३ र २४ का घटनामा दोषी देखिएकाहरुलाई कारबाहीको सिफरिससमेत गरिएको छ । क–कसलाई कारवाहीको सिफरिस गरिएको छ भन्ने सम्बन्धमा पदाधिकारीहरुले सञ्चारमाध्यमलाई बताएका छैनन्।
जाँचबुझ समितिले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि त्यसबारे आवश्यक कदम चालिने प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् ।
सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । तीन सदस्यीय आयोगका सदस्यहरुमा कानूनसिवद विश्वेश्वर भण्डारी र पूर्वएआइजी विज्ञानराज शर्मा सदस्य थिए ।
तीन महिना कार्यावधि रहेको आयोगको तेस्रोपटक थपिएको म्याद सकिने दिन (फागुन २४) आयोगले सरकारलाई प्रतिवेदन बुझाएको हो । चुनाव अघि नै आयोगले प्रतिवेदन बुझाउने अपेक्षा गरिएकोमा चुनावपछिसम्म म्याद थप गरिएको थियो ।
ताजा अपडेट
इरान-अमेरिकी-इजराइल युद्ध : एक हप्ताको प्रभाव
२५ फागुन २०८२१० हजार पृष्ठको कार्की आयोगको प्रतिवेदन, २०० जनाको वयान
२४ फागुन २०८२
