इरान-अमेरिकी-इजराइल युद्ध : एक हप्ताको प्रभाव

जस नेपाल

२५ फागुन २०८२

इरान-अमेरिकी-इजराइल युद्ध : एक हप्ताको प्रभाव

देशमा राजनीतिक हलचल चलिरहेको यो समयमा विश्वव्यापी रूपमा पनि ठूला-ठूला घटनाहरू एकसाथ घटिरहेका छन्। विगत एक हप्ताभित्रै धेरै ठाउँमा हिंसा, आक्रमण, मानवीय क्षति, भवनहरूमा आगलागी, दैनिक जीवन प्रभावित हुने क्रम तीव्र बनेको छ। यो अवस्थाले विश्वलाई अस्थिर बनाएको छ। पछिल्ला घटनाले विश्वलाई एकैपटक धेरै मोर्चामा संकटमा पारेका छन् ।

आउनुहोस्, आजको दिनसम्म आइसक्दा प्रमुख रूपमा घटेका मुख्य घटनाहरूको संक्षिप्त चर्चा गरौं :

फेब्रुअरी २८, २०२६ (दिन १ – सुरुवाती आक्रमण) : अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा ठूलो हवाई आक्रमण सुरु गरे जसलाई (Operation Epic Fury) भनिन्छ। लगभग ९०० वटा हमला पहिलो १२ घण्टामा भयो। तेहरान, इस्फहान, कुम, करज आदि शहरहरूमा सैन्य स्थल, वायु रक्षा प्रणाली, मिसाइल, नेतृत्व र सरकारी भवनहरू लक्षित आक्रमण भयो। यही आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिए (decapitation strike मा), दर्जनौं शीर्ष IRGC कमान्डरहरू र अधिकारीहरूले पनि ज्यान गुमाए। केही नागरिक हताहत (जस्तै-मिनाबमा बालिका स्कूल नजिक मिसाइल प्रहारबाट १६०+ मृत्यु) भयो। इरानले तुरुन्तै इजरायल, अमेरिकी आधारहरू र खाडी देशहरूमा मिसाइल/ड्रोन आक्रमण गरे।

● मार्च १, २०२६ (दिन २–३) : आक्रमण जारी। अमेरिका-इजरायलले तेहरानमा थप लक्ष्यहरू हाने। इरानले इजरायलमा मिसाइल छोड्यो (देशभर साइरन), अमेरिकी सुविधा र खाडीमा हमला भयो। ट्रम्पले राष्ट्रलाई सम्बोधन गरे।

मार्च २, २०२६ (दिन ४–५ मा क्षेत्रीय विस्तार) : इरान समर्थित हिजबुल्लाहले लेबनानबाट इजरायलमा रकेट/ड्रोन प्रहार गरे। इरानले खाडीका बन्दरगाह, अमेरिकी दूतावासहरूमा आक्रमण गर्यो। होर्मुज स्ट्रेटमा केही अवरोध भयो। अमेरिका-इजरायलले इराकमा इरान समर्थित मिलिसियालाई हाने।

मार्च ३, २०२६ (दिन ५–६) : इजरायलले तेहरानका प्रमुख निर्णय स्थलहरू (सुप्रिम नेशनल सिक्युरिटी काउन्सिल, राष्ट्रपति कार्यालय) मा आक्रमण गर्‍यो। इरानले इजरायल र खाडी ऊर्जा स्थलहरूमा क्लस्टर मुनिसन प्रयोग गरे।

मार्च ६–७, २०२६ (दिन ८–९ मा तीव्रता बढ्यो) : इजरायलले तेहरानको मेहराबाद विमानस्थल, तेल भण्डारण/इन्धन डिपोहरूमा ठूलो हमला गर्यो। नेतन्याहुले इन्धन डिपोहरूमा आक्रमण सरकार अस्थिर बनाउन विस्तार गरिएको बताए। अमेरिकाले ३,०००+ लक्ष्य हानेको दाबी गरिएको छ। ट्रम्पले “पूर्ण आत्मसमर्पण” मागे। नागरिक प्रभाव बढ्यो ऊर्जा र तेल संकटमा छ।

मार्च ८, २०२६ (दिन १०+ – जारी) : इरानले मोज्तबा खामेनेई (मृतक नेताको छोरा) लाई नयाँ सर्वोच्च नेता घोषणा गर्यो। अमेरिका-इजरायलले सैन्य/ऊर्जा/जल शुद्धिकरण प्लान्टहरूमा आक्रमण जारी राखे। लेबनानमा हिजबुल्लाहलाई पनि लक्षित गरि हाने। कम्तीमा ७ अमेरिकी सैनिक मारिए। युद्ध लम्बिने संकेत अझै ५ देखि ७ हप्ता रहेको छ।

प्रमुख अमेरिकी सैन्य शिबिरमा इरानको आक्रमण 

बहराइन (Bahrain) : US Navy’s Fifth Fleet मुख्यालय (Naval Support Activity Bahrain) मा ठूलो क्षति। गोदामहरू, स्याटेलाइट डिशहरू, भवनहरू ध्वस्त। डेसालिनेसन प्लान्ट (पानी शुद्धिकरण) पनि हिट भएको रिपोर्ट। धेरै दिनसम्म मिसाइल/ड्रोन हमला जारी  रह्यो ।

कतार (Qatar) : Al Udeid Air Base (मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी आधार, हजारौं सैनिकहरू) मा बालिस्टिक मिसाइल हिट। केही हमला रोके पनि क्षति भएको। इरानले सयौं ड्रोन/मिसाइल प्रहार ।

संयुक्त अरब इमिरेट्स (UAE) : Al Dhafra Air Base मा ड्रोन/मिसाइल आक्रमण। दुबई नजिक अमेरिकी कन्सुलेटमा ड्रोन हिटबाट आगलागी। १,०००+ ड्रोन र २००+ मिसाइल लक्षित। नागरिक क्षेत्र (होटल, एयरपोर्ट, मल) पनि प्रभावित ।

कुवेत (Kuwait): Ali Al Salem Air Base, Camp Arifjan, Camp Buehring आदि मा क्षति। स्याटेलाइट इमेजबाट भवनहरू हिट भएको देखिन्छ। केही अमेरिकी सैनिकहरू मारिएका (कम्तीमा ४-६ जना रिपोर्ट)। एयरपोर्ट नजिक पनि हमला ।

साउदी अरब (Saudi Arabia) : Prince Sultan Air Base नजिक हमला रोके पनि, US Embassy Riyadh मा ड्रोनबाट आगलागी। धेरान क्षेत्रमा पनि खतरा रहेको छ।

यो पनि-

के पाकिस्तान र अफगानिस्तानबीचको ‘खुला युद्ध’ इरानसँग जोडिएको छ ?

 

विश्व शक्ति धुरीहरूको टकरावमा मध्यपूर्व

 

 

सम्बन्धित खवर

के पाकिस्तान र अफगानिस्तानबीचको ‘खुला युद्ध’ इरानसँग जोडिएको छ ?

के पाकिस्तान र अफगानिस्तानबीचको ‘खुला युद्ध’ इरानसँग जोडिएको छ ?

यतिबेला विश्वव्यापी रूपमा विभिन्न देश बिच तनाव बढिरहेको छ । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीचको...

विश्व शक्ति धुरीहरूको टकरावमा मध्यपूर्व

विश्व शक्ति धुरीहरूको टकरावमा मध्यपूर्व

काठमाडौँ । अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्व दोस्रो सातामा प्रवेश गरिरहँदा मध्यपूर्व आकाश...

निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण

निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण

काठमाडौँ । कुनै ठूलै बिघ्नबाधा उत्पन्न नभए नेपाली मतदातताले प्रतिनिधिसभा सदस्यको चुनाव गर्न आजको...

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता...