अदालतमा गुनासो सुन्न टोल फ्री नम्बर सार्वजनिक

सर्वोच्च अदालतले न्यायिक सेवासम्बन्धी गुनासो गर्न टोल–फ्रि नम्बर सार्वजनिक गरेको छ

जस नेपाल

२६ फागुन २०८२

अदालतमा गुनासो सुन्न टोल फ्री नम्बर सार्वजनिक

काठमाडौं । सर्वोच्च अदालतले न्यायिक सेवासँग सम्बन्धित गुनासो, पीरमर्का वा अनियमितताबारे सेवाग्राहीले सिधै उजुरी दिन सक्ने व्यवस्था सार्वजनिक गरेको छ।

सर्वोच्च अदालतले जारी गरेको सूचनाअनुसार सर्वोच्च अदालतसहित देशभरका अदालत तथा अन्य न्यायिक निकायमा हुने कामकारबाहीमा ढिलासुस्ती, अनियमितता वा सेवा सम्बन्धी समस्या परेमा सेवाग्राहीले टोल–फ्रि नम्बर १६६०-०१-३३३-५५ मा सम्पर्क गरी मौखिक गुनासो वा सुझाव दिन सक्नेछन्।

यसका साथै सेवाग्राही तथा न्यायका उपभोक्ताले आफ्नो उजुरी, शिकायत वा सुझाव इमेलमार्फत पनि पठाउन सक्ने व्यवस्था गरिएको अदालतले जनाएको छ। त्यसका लागि cjs@supremecourt.gov.np इमेल ठेगाना प्रयोग गर्न सकिने बताइएको छ।

अदालतका अनुसार यो व्यवस्था न्यायिक सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र सेवामुखी बनाउने उद्देश्यले लागू गरिएको हो। अदालत तथा न्यायिक निकायसँग सम्बन्धित सेवामा समस्या परे सेवाग्राहीले सिधै गुनासो राख्न सक्ने प्रणालीबाट न्यायिक प्रशासनप्रति जनविश्वास बढ्ने अपेक्षा अदालतले गरेको छ।

सम्बन्धित खवर

भक्तपुरमा महिला कानुन व्यवसायीको ३२औँ राष्ट्रिय सम्मेलनको तयारी

भक्तपुरमा महिला कानुन व्यवसायीको ३२औँ राष्ट्रिय सम्मेलनको तयारी

काठमाडौँ । नेपाल बार एशोसिएशनले महिलाको समानुपातिक समावेशिताबारे बहस गर्न महिला कानुन व्यवसायीको ३२औँ...

भारत र बेलायतका न्यायाधीशको चेतावनी- अदालतमा ‘आर्टिफिसियल वकिल’ नबन्नू

भारत र बेलायतका न्यायाधीशको चेतावनी- अदालतमा ‘आर्टिफिसियल वकिल’ नबन्नू

नयाँदिल्ली । चण्डीगढमा सोमबार साँझ भएको अन्तर्राष्ट्रिय प्यानल छलफलमा भारत, बेलायत र अमेरिकाका न्यायाधीशहरूले...

सर्वोच्चको व्याख्या : बिहेका लागि केटी भगाउँदा ‘मानव बेचबिखन’ ठहरिँदैन

सर्वोच्चको व्याख्या : बिहेका लागि केटी भगाउँदा ‘मानव बेचबिखन’ ठहरिँदैन

काठमाडौँ । समाजमा बिहेबारीसम्बन्धी अनेक खालका घटना सुनिन्छन् । कसैले प्रेमिकालाई भगाएर बिहे गर्‍यो...

जब सर्वोच्चमा वादी–प्रतिवादीका एउटै वकील भेटिए

जब सर्वोच्चमा वादी–प्रतिवादीका एउटै वकील भेटिए

काठमाडौँ । न्यायालय भन्नेवित्तिकै हाम्रो दिमागमा एउटा चित्र आउँछ : वादी र प्रतिवादीका दुई...