भक्तपुरमा महिला कानुन व्यवसायीको ३२औँ राष्ट्रिय सम्मेलनको तयारी

जस नेपाल

२६ फागुन २०८२

भक्तपुरमा महिला कानुन व्यवसायीको ३२औँ राष्ट्रिय सम्मेलनको तयारी

काठमाडौँ । नेपाल बार एशोसिएशनले महिलाको समानुपातिक समावेशिताबारे बहस गर्न महिला कानुन व्यवसायीको ३२औँ राष्ट्रिय सम्मेलन चैत ६–७ गते भक्तपुरमा आयोजना गर्ने भएको छ।

नेपाल बार एशोसिएशनले महिला कानुन व्यवसायीहरूको ३२औँ राष्ट्रिय सम्मेलन आगामी चैत ६ र ७ गते भक्तपुरमा आयोजना गर्ने भएको छ। “महिलाको समानुपातिक समावेशिता : परिवर्तन र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने नारासहित सम्मेलन आयोजना गर्न लागिएको हो।

बार एशोसिएशनले मंगलबार जारी गरेको सूचनाअनुसार सम्मेलन भक्तपुर जिल्ला अदालत बार एशोसिएशनको आतिथ्यतामा भक्तपुरमा हुनेछ। सम्मेलनमा देशभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, बार एशोसिएशन, कानुन व्यवसायी महिला समितिहरू तथा अन्य कानुन व्यवसायीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रमको पहिलो दिन चैत ६ गते भक्तपुरको ख्वप ब्यांकेट, नगरकोट रोडमा आयोजना हुनेछ भने दोस्रो दिन चैत ७ गते भक्तपुर जिल्ला अदालत को सभा कक्षमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ। सम्मेलन बिहान ७:३० बजेबाट सुरु हुनेछ।

सम्मेलनमा महिला कानुन व्यवसायीहरूको प्रतिनिधित्व, न्यायिक क्षेत्रमा समावेशिता, नेतृत्वमा महिलाको भूमिका तथा न्यायपूर्ण समाज निर्माणका विषयमा छलफल हुने बताइएको छ।

एशोसिएशनका महासचिव केदार प्रसाद कोइरालाले देशभरका कानुन व्यवसायीहरूलाई सम्मेलनमा सहभागी हुन आह्वान गरेका छन्। सम्मेलनमा सहभागी हुनेहरूले अनिवार्य रूपमा कालो कोटसहित मर्यादित पोशाकमा उपस्थित हुनुपर्नेछ भने यातायात र आवासको व्यवस्था सहभागीले आफैं गर्नुपर्ने जनाइएको छ।

एशोसिएशनले सम्मेलनका लागि अनलाइन माध्यमबाट दर्ता गर्न सकिने जनाएको छ।

 

सम्बन्धित खवर

विशेष अदालतद्वारा ‘फैसलाहरूको संगालो २०८३’ विमोचन

विशेष अदालतद्वारा ‘फैसलाहरूको संगालो २०८३’ विमोचन

काठमाडौँ । विशेष अदालतले आज श्रावण १ गते पुस्तक विमोचन तथा संचारकर्मीहरूसँग भेटघाट कार्यक्रम...

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पुरक आरोपपत्र...

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ,  एआईको स्वामित्व लिने हैन

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ, एआईको स्वामित्व लिने हैन

अब यो कुरा स्पष्ट भइसकेको छ कि सरकारले एआई उद्योगलाई आकार दिने जिम्मेवारी लिनुपर्छ।...